देशमा भईरहेको अराजकता

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ३१, २०७७
|
|
३८ पटक हेरिएको
Shares
देशमा भईरहेको अराजकता

सारांश

  • वर्तमान अवस्था हेर्ने हो भने विश्व कोरोना भाइरसबाट बिचलित भएको छ ।
  • चीनको वुहान शहरबाट आएको यो भाइरस अहिले विश्वको २०० भन्दा बढी रास्ट्रहरुमा फैलिएको छ ।
  • त्यसमा नेपाल पनि एक रास्ट्र हो ।

वर्तमान अवस्था हेर्ने हो भने विश्व कोरोना भाइरसबाट बिचलित भएको छ । चीनको वुहान शहरबाट आएको यो भाइरस अहिले विश्वको २०० भन्दा बढी रास्ट्रहरुमा फैलिएको छ । त्यसमा नेपाल पनि एक रास्ट्र हो । हाल नेपालमा कोरोना भाइरसको मात्र समस्या नभएर सिमाना बिबाद र नेपाल सरकारले देश र जनता माथी गरेको अराजकताले गर्दा नेपाली जनतामा एक किसिमको अशान्ति र सुखमय व्यबस्था नभएको शासन पनि देखीएको छ ।

करिब दुई बर्ष अगाडि आएको यो कम्युनिस्ट सरकार माथी अहुले देश बिदेशका नेपाली जनताहरु माथी भारी परेको पाइन्छ । जब यो सरकार देशमा आयो त्यसको लागि के.पि. शर्मा ओलि प्रधानमन्त्री जस्तो पदमा नियुक्त हुनु भएको थियो । सुरु सुरुमा यो सरकारले देशका जनताहरुलाइ दिएका झुटा भाषण अहिले त्यही सरकार माथी नै भारी परेका छन । देशका करोडौं नेपाली जनतालाइ लाग्छ यो सरकार यस भन्दा अगाडि आएका सरकार मध्ये धेरै आलोचनामा आइरहेको छ । यो भन्दा अगाडि पनि धेरै सरकार गठन भए तर यो सरकार जति दुख दिने सरकार अहिले सम्म आएको थिएन । अहिले नेपालमा कोरोनाको समस्या बाट लाखौ करोडौं देश बिदेशना बस्ने नेपालीहरु दाजुभाइ तथा दिदिबहिनी यो रोग बाट गुज्रिरहेका छन । गत बर्ष चैत्र १० गते बाट नेपालमा लकडाउन सुरु गरिएको थियो त्यति बेला देखिनै शैक्षिक संस्था, औद्योगिक कलकारखाना र मजदुरहरुले गर्ने काम आदि ठप्प भएका छ्न । जब नेपालमा कलकारखाना हरु बन्द भए ती बिचरा मजदुरहरुलाइ जसले दिनभरी काम गरेर साझको छाक टारि रहेका हुन्छन । ती मजदुरहरु अहिले आएर भोकभोकै मरिरहेका छन । सम्माननिय प्रधानमन्त्री ज्युले भन्नू भएको थियो अहिले सम्म हामिले ८० करोड बराबरको राहत बाडी सकेउ भनेर । खोइत ती मजदुर किसानहरुलाइ राहत जसले एक छाक टार्नलाइ दिनभरी काम गर्नु पर्छ ।

धनुष बोगटी

कहाँ गयो त्यो ८० करोड रुपया सम्माननिय प्रधानमन्त्री ज्यु ? बिचरा ती मजदुर एक छाक खाना नपाएर बिष खाएर मरि रहेका छन । तपाइले भाषण गर्दा चुटकिला शैलिमा ठूलो ठूलो भाषण गर्नुहुन्छ खैत देशमा शान्ती व्यवस्था, शासन व्यवस्था, निती नियम कहाँ गए ती चुटकिला शैलिका भाषण । देशका करोडौं जनताहरु राहत नपाएर मरिरहेका छन । अनि हाम्रा सम्माननीय अर्थमन्त्री डाक्टर युबराज खतिवडा भन्नुहुन्छ यदि बढी राहत चाहियो भने बढी कर तिर्नु पर्छ । हामिले यो भन्दा अगाडि कर तिरेका थियनौ ? आजभन्दा अगाडि तिरेको करले तपाइहरुको सुरक्षा, बिदेश भ्रमण र खान लाउन मा ठिक्क हुन्छ । अब हामिले राहत पाउनको लागि राहतको पनि कर तिर्नुपर्ने कस्तो शासन व्यवस्था हो । देशमा आएको यो भाइरसलाई निर्मुल पार्नको सट्टा तपाईंहरु अहिले आफ्नो कुर्चिको बचाउमा हुनु हुन्छ । जसको कारणले देशको अर्थतन्त्र चलीराछ उहाहरुको बारेमा चिन्ता छैन । हाम्रा नेपाली दाजुभाइहरु आफ्नो परिवारलाई सुख, शान्ति र आफ्ना छोराछोरीहरुलाइ राम्रो शिक्षा मिलोस भनेर भारत वा अन्य देशमा गएर रातदिन पसिना बगाइरहेका हुन्छन । त्यही पसिना बगाएको पैसाले नै हाम्रो देश नेपालको अर्थतन्त्र चलिरहेको छ । अहिले धेरै जस्तो दाजुभाइहरु बाहिरी देशमा खान र बस्न नपाएर अलपत्र हुनु हुन्छ । भारतमा काम गर्दै आइरहेका नेपाली दाजुभाइहरु खान र बस्न नपाएर भोक भिकै मरि रहेका छन । सरकार तेरो ध्यान कुर्ची बचाउनमा । वर्षेे पिच्छे भारतले गर्दै आइरहेको सिमा अतिक्रमणको विषयमा तपाइहरुको ध्यान किन जादैन । केही दिन अगाडि बर्दी लगायका नेपाल प्रहरि माथि चिनियाँ बासिन्दाहरुले गरेको हातहपाइ र दुव्र्यवहार मा खैत ध्यान गएको ।

अनि तपाईं भन्नू हुन्छ हामि नेपाल लाई स्विजरल्यान्ड बनाउछौ भनेर । हामिलाइ नेपाल स्विजरल्यान्ड जस्तो हैन हामिलाइ पहिलेकै शान्ती र अहिसा नेपाल चाहीएको छ । देशमा दिनप्रतिदिन हिसा र बलात्कारि जस्ता क्रीयाकलाप बढ्दै आइरहेका छन । सम्माननिय प्रधानमन्त्री ज्यु चुटकिला शैलिमा भाषण दिए जस्तो नगर्नुहोस । यदि यस्तो गर्दै जानुभयो भने तपाइलाइ भोलि नेपालीले जुत्ताको माला लगायर रोडमा उतार्ने छन । देशमा गणतन्त्र, लोकतन्त्र आएको बर्सौ बित्दा पनि अहिले सम्म देशका जनताहरुले आफ्ना मौलिक हक हरु राम्रो सग पाएका छैनन । तपाईं भन्नुहुन्छ देशमा शान्ती सुव्यवस्था ल्याउछु खैत ल्याउछु भन्दा भन्दा तपाईंको कार्यकालको ५ वर्षको अढाइ वर्ष बिति सक्दा पनि शान्ती सुव्यवस्था ल्याउन सक्नु भएन । यदि तपाईं आफ्नो सरकारलाइ बर्से्नि सम्म टिकाइ राख्न चाहानु हुन्छ भने जनताको समस्या माथी आँखा गाड्नु होस । जनताको गुनासाहरु सुन्नुहोस । त्यसपछी मात्र देशमा शासन व्यबस्था, शान्ती व्यवस्था, नीति, नियम र अनुशासन ले देशमा कोल्टो फेर्छ ।
धनुष बोगटी, नयाबानेश्वर काठमाडौ, नेपाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः कतै भारी बर्षा, कतै छिटपुट पानी पर्ने
आजको मौसमः कतै भारी बर्षा, कतै छिटपुट पानी पर्ने
Steps to make a Guy Locate a Female in another way
४४१ जना सांसदको स्वाव संकलन
४४१ जना सांसदको स्वाव संकलन
साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?
साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?
‘भुरुरु उडेको पुतली’ तीज गीत बजारमा (भिडियाेसहित)
‘भुरुरु उडेको पुतली’ तीज गीत बजारमा (भिडियाेसहित)
निर्मला हत्या प्रकरणको प्रतिवेदन गृहमन्त्रीको हातमा, दोषी समातिएलान् ?
निर्मला हत्या प्रकरणको प्रतिवेदन गृहमन्त्रीको हातमा, दोषी समातिएलान् ?
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
कैलालीको टिकापुरमा एमालेको  जित, उपमेयरमा कांग्रेस विजयी,
कैलालीको टिकापुरमा एमालेको जित, उपमेयरमा कांग्रेस विजयी,
निलम्बित सांसदको आलोचित ‘पप्पु’ कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो
निलम्बित सांसदको आलोचित ‘पप्पु’ कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण