आगलागीबाट २ जनाको मृत्यु तथा विभिन्न धनमाल क्षति

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
आगलागीबाट २ जनाको मृत्यु तथा विभिन्न धनमाल क्षति

सारांश

  • काठमाडौं, ८ पुस रोल्पा र दाङमा आगलागीबाट २ जनाको मृत्यु भएको छ भने तेह्रथुम, खोटाङ र पर्सामा भएको छुट्टाछुट्टै आगलागीबाट करिब ३३ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
  • रोल्पा रुन्टिगढी गाउँपालिका-९ सुर्पाल बस्ने ५० वर्षीय निमप्रसाद पुनको कच्ची गोठमा शनिबार राति आगलागी हुँदा गोठमा सुतेका निम प्रसाद पुनको आगलागीमा जलेर मृत्यु भएको छ ।
  • दाङ बबई गाउँपालिका-७ मलईखोला गौजे बस्ने पुर्ण घर्तीको काठको छानो भएको गोठमा शनिबार राति उनकै श्रीमती लक्ष्मी घर्तीले आगो ताप्न बालेको आगोबाट आगलागी हुँदा सोही गोठमा सुतेको उनको १० वर्षीय छोरा राजु घर्तीको जलेर मृत्यु भएको छ ।

काठमाडौं, ८ पुस

रोल्पा र दाङमा आगलागीबाट २ जनाको मृत्यु भएको छ भने तेह्रथुम, खोटाङ र पर्सामा भएको छुट्टाछुट्टै आगलागीबाट करिब ३३ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

रोल्पा रुन्टिगढी गाउँपालिका-९ सुर्पाल बस्ने ५० वर्षीय निमप्रसाद पुनको कच्ची गोठमा शनिबार राति आगलागी हुँदा गोठमा सुतेका निम प्रसाद पुनको आगलागीमा जलेर मृत्यु भएको छ ।

दाङ बबई गाउँपालिका-७ मलईखोला गौजे बस्ने पुर्ण घर्तीको काठको छानो भएको गोठमा शनिबार राति उनकै श्रीमती लक्ष्मी घर्तीले आगो ताप्न बालेको आगोबाट आगलागी हुँदा सोही गोठमा सुतेको उनको १० वर्षीय छोरा राजु घर्तीको जलेर मृत्यु भएको छ ।

तेह्रथुम फेदाप गाउँपालिका-३ जलजले बस्ने दिलबहादुर कार्कीको घरमा सोलार प्यानलको विद्युत तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर, घरमा रहेको किराना पसलका सामान, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब १८ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

खोटाङ रावाबेशी गाउँपालिका-२ बस्ने झिल्के तुलाङ्गीको घरमा आइतबार दिउसो आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

पर्सा पोखरीया नगरपालिका-७ रानिगंज बस्ने नसुद्धन देवानको घरमा टुकी बत्तिबाट आगो सल्किएर शनिबार आगलागी हुँदा लत्ताकपडा, अन्नपात र नगद ३ लाख रुपैयाँ  जलेर करिब ८ लाख बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?