तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
५९ पटक हेरिएको
Shares
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने,  पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !

सारांश

  • ताप्लेजुङ, १९ भदौ ।
  • सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने भएको छ ।
  • पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सिदिङ्वा गाउँपालिकाले उक्त महोत्सवको आयोजना गरेको हो ।

ताप्लेजुङ, १९ भदौ । सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सिदिङ्वा गाउँपालिकाले उक्त महोत्सवको आयोजना गरेको हो । जैविक, धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र तिम्बुङ पोखरीको प्रचारप्रसार गर्न यही भदौ २२ देखि २४ गतेसम्म महोत्सव हुने सो गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए । महोत्सवको माध्यमबाट उक्त क्षेत्रमा रहेका सिदिङ्वा धाम, सुन्दर ढङ्ढङे झरना, कालीपोखरी, हात्ती ढुङ्गालगायतका रमणीयस्थलको प्रचार–प्रसारमा सहयोग पुग्नेछ । तिम्बुङ पोखरी पुग्न पाँचथर र ताप्लेजुङबाट तीन दिनसम्मको पैदलयात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा तथा ताप्लेजुङको सिरिजङ्घास्थित खेवाङ हुँदै सो ठाउँ पुग्न सकिन्छ ।

तिम्बुङ पोखरी वरपर हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूधपोखरी, मयुर पोखरी, नीर पोखरीलगायत दर्जनाँै पोखरी रहेका छन् । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जलिङलगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । उक्त क्षेत्र चार हजार ४८१ मिटरको उचाइमा रहेको छ । स्थानीयवासी गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार लिम्बू भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको हो । लिम्बू भाषामा ते भनेको बन्दुक र बुङ भनेको पड्एिको आवाज हो । पोखरीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने तथा पापबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
अाँचारसहिता उल्लघन भैराछ के रमिता हेरेर बस्छौ ?? एमाले
अाँचारसहिता उल्लघन भैराछ के रमिता हेरेर बस्छौ ?? एमाले
Easy Ideas For The Best Date You may have Ever Had
फागुन ३ भित्र कर्मचारी समायोजन कठिन
फागुन ३ भित्र कर्मचारी समायोजन कठिन
‘देश लुट, लुटाउ र डढाउ’ भन्दै डा. संग्रौलाले गरे जडी कुरा
‘देश लुट, लुटाउ र डढाउ’ भन्दै डा. संग्रौलाले गरे जडी कुरा
एकताको घोषणा गर्ने भनेकै दिन माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय
एकताको घोषणा गर्ने भनेकै दिन माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै उपमहानगर
स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै उपमहानगर
चन्द्र ढकालसँग मभन्दा बढि पैसा छ, तर मसँग अनुभव बढि छ : किशोर प्रधान (भिडियोसहित)
चन्द्र ढकालसँग मभन्दा बढि पैसा छ, तर मसँग अनुभव बढि छ : किशोर प्रधान (भिडियोसहित)
गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम
गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम