आगलागीमा पाँच लाखको क्षति
सारांश
- कनकासुन्दरी गाउँपालिका–६ गोरुचौरस्थित न्यू रारा कर्णाली होटेलमा आगजनी भएको छ ।
- खाना पकाउने ग्यास सिलिन्डर लिक हँुदा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय रहेको न्यू रारा कर्णाली गेस्टगाउसको माथिल्लो तलामा आगजनी भएको हो ।
- आगजनीबाट मानवीय क्षति भने नभएको प्रहरी चौकी गोठिज्युलाका इन्चार्ज दुर्गबहादुर शाहीले बताउनुभयो ।
कनकासुन्दरी गाउँपालिका–६ गोरुचौरस्थित न्यू रारा कर्णाली होटेलमा आगजनी भएको छ । खाना पकाउने ग्यास सिलिन्डर लिक हँुदा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय रहेको न्यू रारा कर्णाली गेस्टगाउसको माथिल्लो तलामा आगजनी भएको हो ।
आगजनीबाट मानवीय क्षति भने नभएको प्रहरी चौकी गोठिज्युलाका इन्चार्ज दुर्गबहादुर शाहीले बताउनुभयो । आगो लागेको पाँच मिनेटमै स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा ल्याएका छन् भने घरमा सामान्य क्षति भएको कनकासुन्दरी गाउँपालिका–६ का अध्यक्ष जग्गीप्रसाद आचार्यले बताउनुभयो । आगजनीबाट रु पाँच लाखको भौतिक क्षति भएको सहकारी संस्थाका सदस्य राजेन्द्र रोकायले बताउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया