९० सेकेण्डमै ७७ जिल्लाका नाम सहित सदमुकाम भन्ने यी व्यक्ति (भिडियो सहित)
सारांश
- काठमाडौँ, ३० कात्तिक ।
- स्थायी घर जुम्ला भई हाल काठमाडौँमा बसोवास गर्दै आएका कुल बहादुर शाही एक म्याराथुन धावक हुन्।
- माध्यामिक तहसम्मको अध्ययन गरेका उनले गाउँमै लेक बेँसि गर्दा गर्दै दौडने कामलाई आफ्नो जीवनको रोजाई सम्झेर अगाडि बढ्न थाले।
काठमाडौँ, ३० कात्तिक । स्थायी घर जुम्ला भई हाल काठमाडौँमा बसोवास गर्दै आएका कुल बहादुर शाही एक म्याराथुन धावक हुन्। माध्यामिक तहसम्मको अध्ययन गरेका उनले गाउँमै लेक बेँसि गर्दा गर्दै दौडने कामलाई आफ्नो जीवनको रोजाई सम्झेर अगाडि बढ्न थाले।
स्थानिय तह, जिल्ला, अञ्चल र विकासक्षेत्रमा हुने दौडका कार्यक्रममा भाग लिँदै उनी नेपालका राष्ट्रिय खेलाडी बन्न सफल बने। उनले दौडेरै तत्कालिन नेपालका ७५ वटै जिल्लामा पुगेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफनो नाम दर्ता गराए। उनी धावक मात्र होइनन्, विलक्षण प्रतिभाका धनी पनि छन्।
उनले मात्र ९० सेकेण्डमा ७७ जिल्लाकै नाम सहित सदरमुकाम पनि भनेर सके। काम गरेर सानो बनिने होइन भन्ने कुराले नै उनी अहिले चौधरी ग्रुप कार्यालयको सेक्युरेटीमा काम गर्ने गर्छन्।
प्रतिक्रिया