चन्द समूहका एरिया इञ्चार्जद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
चन्द समूहका एरिया इञ्चार्जद्वारा राजीनामा

सारांश

  • सप्तरी।
  • पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले राजीनामा दिएका छन्।
  • सप्तरी जिल्ला ३ नं एरिया इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव ‘रञ्जित’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन्।

सप्तरी। पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले राजीनामा दिएका छन्।सप्तरी जिल्ला ३ नं एरिया इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव ‘रञ्जित’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन्।सरकारले लिएको वार्ता र संवादबाट सबै समस्याको हल हुन्छ भन्ने नीतिअन्तर्गत पार्टी वार्तामा नआउनु देश र जनताका लागि घातक सिद्ध हुने भन्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हतियार सबै समस्याको हल नभएको हुँदा २०७३ सालदेखि नेकपा विप्लवको ३ नं एरिया इञ्चार्जको पदमा कामकाज गर्दै आएकामा आजैको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिई स्वतन्त्र नेपाली नागरिकका रुपमा जीवनयापन गर्न चाहेको छु ।’ अब उप्रान्त उक्त पार्टीसँग आफ्नो कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध नरहने समेत प्रेस विज्ञप्तिमा जनाइएको छ।

नेकपा विप्लवले लिएको ध्वंशात्मक गतिविधि, आन्तरिक कलह, मधेश एवम् मधेशीलाई हेर्ने दृष्टिकोण अस्पष्ट भएका कारण राजीनामा दिनु परेको उनले बताएका छन्।रञ्जित तत्कालीन नेकपा माओवादीको जनयुद्धमा समेत संलग्न थिए। अब उप्रान्त आफू कुनै पनि पार्टीमा आबद्ध नहुने तथा घरपरिवार चलाउन योग्यताअनुसारको पेशामा लाग्नेसमेत उनले प्रतिक्रिया दिएका छन्।ध्वंशात्मक गतिविधि गर्दै जनधनको क्षति गर्न थालेपछि सरकारले ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ। पार्टी प्रतिबन्धपछि सप्तरी प्रहरीले विप्लव समूहका एरिया इञ्चार्ज ‘रञ्जित’ लाई चैत ११ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या
देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या
भारत भ्रमण र एसिया कप नजिकिँदै गर्दा कता छन् नेपाली युवा खेलाडी ?
भारत भ्रमण र एसिया कप नजिकिँदै गर्दा कता छन् नेपाली युवा खेलाडी ?
कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको ओलीको कडा भाषण, कांग्रेसीहरु चुपचाप
कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको ओलीको कडा भाषण, कांग्रेसीहरु चुपचाप
बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?
बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?
Complaints regarding electronic media outnumber plaints about other media at PCN
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
अर्थमन्त्रीलाई असफल बनाउने कर्मचारीको प्रयास !
अर्थमन्त्रीलाई असफल बनाउने कर्मचारीको प्रयास !
जनअपेक्षा अनुसार काम गर्न नसके पदमा पछि हट्छु : मन्त्री भट्टराई
जनअपेक्षा अनुसार काम गर्न नसके पदमा पछि हट्छु : मन्त्री भट्टराई
अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्यले पायो तिव्रता
अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्यले पायो तिव्रता

तपाईंले छुटाउनुभयो कि?