यसकारण हिजो राष्ट्रपतिको सवारीमा जाम भएन

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
५० पटक हेरिएको
Shares
यसकारण हिजो राष्ट्रपतिको सवारीमा जाम भएन

सारांश

  • सेना दिवसको दिन रात्रीभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गरिएको ट्राफिक जाम सर्वसाधारणले अवज्ञा गरेपछि त्यो विषय सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
  • धेरैले त्यो अवज्ञाको समर्थन गर्दै हाई प्रोफाइल सवारीका कारण सर्वसाधारणले भोग्ने समस्या सधैका लागि समाधान हुनु पर्ने माग राखेका थिए ।
  • हिजो साँझ संयुक्त राष्ट्रसंघीय आयोगको ६३ औँ अधिवेसनमा सहभागि हुन अमेरिका जाने क्रममा भने राष्ट्रपति भण्डारीको सवारी गराउँदा निकै होसियारी गरिएको थियो ।

सेना दिवसको दिन रात्रीभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गरिएको ट्राफिक जाम सर्वसाधारणले अवज्ञा गरेपछि त्यो विषय सामाजिक सञ्जालमा भाइरल बनेको थियो । धेरैले त्यो अवज्ञाको समर्थन गर्दै हाई प्रोफाइल सवारीका कारण सर्वसाधारणले भोग्ने समस्या सधैका लागि समाधान हुनु पर्ने माग राखेका थिए ।

हिजो साँझ संयुक्त राष्ट्रसंघीय आयोगको ६३ औँ अधिवेसनमा सहभागि हुन अमेरिका जाने क्रममा भने राष्ट्रपति भण्डारीको सवारी गराउँदा निकै होसियारी गरिएको थियो । सर्वसाधारणलाई जाममा नफसुन भने उनको सवारीको रुट पनि छोटो बनाइएको थियो । शितल निवासबाट बालुवाटार, ज्ञानेश्वर, गौशला हुँदै राष्ट्रपतिको सवारीलाई विमानस्थलसम्म पुर्याइएको थियो ।

त्यस्तै सवारीको समय एकतर्फी सडक मात्रै राष्ट्रपतिको सवारीलाई छुट्याइएको थियो । सडक एकतर्फ मात्रै रोकिएको, सवारीको रुट छोटो भएको र साँझको समय भएकाले राष्ट्रपतिको हिजोको सवारीले सर्वसाधारणले सास्ती पाएनन् ।

राष्ट्रपति कार्यालय र सवारीको व्यवस्थापन गर्ने निकायले देखाएको यस्तो होसियारीका कारण सर्वसाधारणले दुख नपाएको बुझिएको छ ।

राष्ट्र संघको प्रधान कार्यालयमा फागुन २७ देखि आगामी चैत ८ गतेसम्म आयोजना हुने सो अधिवेशनका क्रममा उनले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछिन् । महिला नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ
ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
मेलम्चीको काम समयमै नसकिंदा मन्त्री बिना टेन्सनमा
मेलम्चीको काम समयमै नसकिंदा मन्त्री बिना टेन्सनमा
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
१४ औं महाधिवेशनमा सभापति उठ्ने गगन थापाको घोषणा
१४ औं महाधिवेशनमा सभापति उठ्ने गगन थापाको घोषणा
अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने
अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने
कैलाली कञ्चनपुर रेबिजको जोखिममा
कैलाली कञ्चनपुर रेबिजको जोखिममा
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने