ठाकुर ज्ञवाली बने प्रहरी प्रमुख

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
ठाकुर ज्ञवाली बने प्रहरी प्रमुख

सारांश

  • डीआईजी ठाकुर ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको छ।
  • मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई २७ औं आईजीपी नियुक्त गरेको हो।
  • कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो।

डीआईजी ठाकुर ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको छ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई २७ औं आईजीपी नियुक्त गरेको हो। कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो।
उनीसँगै आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल थिए।

दुवै २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन्। आईजीपी ज्ञवालीले आगामी असार २४ गते सेवाहदका कारण अवकाश पाउनेछन्।

आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबार अवकाश पाएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ आईजीपीमा नियुक्त गर्ने भनिए पनि निर्णय हुन सकेको थिएन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?