आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ८, २०७९
|
|
३५ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा सुखद यात्रा हुनसक्छ । घर परिवारबाट आर्थिक सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुँदै जानेछ । नयाँ कामको थालनी समेत हुनेछ । आजको दिन तपाईले गरेका काम सफल हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन तपाईलाई मानसम्मान मिल्नेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नेछ । आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा होस गर्नु होला । आफन्तजनहरुबाट अपमान हुनसक्छ । त्यसैले घर गृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला । मौन रहनु नैं वेश हुनेछ । आफ्नो नियमित काममा ध्यान दिनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

यदी आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य कुरामा बढी चासो नदिदा राम्रो हुनेछ । आजको दिन तपाईको लागि देवालय यात्रा शुभहुनेछ । चन्द्रमाको साथ रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्या समाधान हुँदै जानेछ । कसैसँग पनि वादविवाद नगर्नुहोला । त्यसैले आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । कुनै पनि शुभ कार्यका लागि आजको दिन उत्तम रहेको छ । कर्कट राशिका जातकले धैर्यपूर्वक कुनै नयाँ काम शुरु गर्न सक्नुहुन्छ । सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरी दिनको काम शुरुवात गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा हुनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोचका लागि देवालय शिवालय यात्रामा जानुहोला । आज कुनै कन्यालाई भोजन र बस्त्र दिन सक्नुहुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् । सफलतामा अर्थ हानी हुनसक्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला । कसैसँग विवाद हुन खोजेमा कम बोल्नु फाइदा हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवारको साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् । देवालयको दर्शनले तपाईलाई सकारात्मक सोच आउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । विहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच सम्बन्ध राम्रो हुनेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । आजको दिन जेष्ठ सदस्यबाट आशीर्वाद लिएर दिनको शुरुवात गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्नेछन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । तपाईले आज गर्ने निर्णयले भविष्यमा अर्थलाभ हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ। आर्थिक समस्याले चिन्ता जताउने छ । परिवारका सदस्यहरुको साथ सहयोग पाउनुहुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा लाग्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै
वालिङ उवासंघको ताला खुल्न सकेन
वालिङ उवासंघको ताला खुल्न सकेन
२ लाख ५० हजार घुससहित वडासदस्य पक्राउ
२ लाख ५० हजार घुससहित वडासदस्य पक्राउ
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
पुष्पलाल पत्रकारिता’ पुरस्कार पत्रकार श्रेष्ठलार्ई प्रदान गर्ने
पुष्पलाल पत्रकारिता’ पुरस्कार पत्रकार श्रेष्ठलार्ई प्रदान गर्ने
भोलि राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ताका लागि यस्तो छ आयोगको तयारी
भोलि राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ताका लागि यस्तो छ आयोगको तयारी
दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !
दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !
कोरला नाकामा अस्थायी संरचना तयार
कोरला नाकामा अस्थायी संरचना तयार
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
यस्तो अवस्थामा कुकुर हर्षका आँसुले रुन्छन
यस्तो अवस्थामा कुकुर हर्षका आँसुले रुन्छन