भोलि राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ताका लागि यस्तो छ आयोगको तयारी
सारांश
- प्रमुख निर्वाचन आयुक्त यादवद्वारा मनोनयन दर्ताका लागि दलहरुलाई आव्हान काठमाडौं, ९ माघ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताका लागि आह्वान गरेका छन् ।
- यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको चुनावका लागि भोलि अर्थात माघ १० गते उम्मेदवारी मनोनयनका लागि दलहरूलाई आह्वान गरेका हुन् ।
- राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचन चिह्न लिएका २१ राजनीतिक दलका लागि आयोगले आज आयोजना गरेको ‘मतदान तथा मतगणनासम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा प्रमुख आयुक्त यादवले आह्वान गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त यादवद्वारा मनोनयन दर्ताका लागि दलहरुलाई आव्हान
काठमाडौं, ९ माघ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताका लागि आह्वान गरेका छन् । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको चुनावका लागि भोलि अर्थात माघ १० गते उम्मेदवारी मनोनयनका लागि दलहरूलाई आह्वान गरेका हुन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचन चिह्न लिएका २१ राजनीतिक दलका लागि आयोगले आज आयोजना गरेको ‘मतदान तथा मतगणनासम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा प्रमुख आयुक्त यादवले आह्वान गरेका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयनपत्र दर्ताको सबै तयारी पूरा भएकाले भोलि सातवटै प्रदेशमा उत्साहजनकरूपमा उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आग्रह गरेको हो ।
भोलि सातवटै प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गराउने सबै तयारी रहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया