३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२६ पटक हेरिएको
Shares
३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??

सारांश

  • २१ असार, काठमाडौं ।
  • दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थानको मतगणना सकिएको छ ।
  • अब ३० स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ ।

२१ असार, काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थानको मतगणना सकिएको छ । अब ३० स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ ।

अहिलेसम्म १३३ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । मतगणना भइरहेका १९ स्थानमा अग्रता राख्दै एमालेले दोस्रो चरणमा पनि पहिलो स्थान सुरक्षित गरेको छ ।

दोस्रो दल बनेको नेपाली कांग्रेसले ११५ स्थान जितेको छ । मतगणना भइरहेकामा कांग्रेसको अग्रता जम्मा ४ स्थानमा अग्रता छ । त्यस्तै माओवादी केन्द्र ३६ स्थानीय तह जितेर तेस्रो स्थानमा रहेको छ । माओवादीले मतगणना भइरहेका दुई स्थानमा अग्रता लिइरहेको छ ।

संघीय समाजवादी फोरमले ६ स्थानीय तह जितेर एक स्थानमा अग्रता लिइरहेको छ भने फोरम लोकतान्त्रिकले पनि ६ स्थान जितेको छ । राप्रपाले ४ स्थानीय तह जितेर छैटौं स्थानमा रहेको छ भने राष्ट्रिय जनमोर्चा २ स्थानीय तह जितेर सातौं स्थानमा छ ।

२ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । राजपा समर्थित स्वतन्त्र उम्मेदवारले रुपन्देही र कपिलबस्तुका ४ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

३० स्थानीय तहको मतपरिणाम आउन बाँकी रहदा अधिकांश ठाउँमा गणना भइरहेको छ । धरान उपमहानगरपालिका,झापाको अर्जुनधारा नगरपालिका,मोरङको पथरी शनिस्चरे नगरपालिकामा विवादका कारण मतगणना स्थगित छ ।

प्रदेशगत रुपमा हेर्दा एमालेले एक नम्बर प्रदेशमा ५८ स्थानीय तह जितेको छ भने कांग्रेसले ४६ स्थान जितेको छ । गणना भइरहेका अधिकांश स्थानीय तहमा एमालेको अग्रता रहेकाले १ नम्बर प्रदेशमा एमालेको बहुमत आउने सम्भावना छ ।

५ नम्बर प्रदेशमा एमालेले ३९ स्थान जितेको छ भने कांग्रेसले ३२ स्थान जितेको छ । गणना भइरहेका ठाउ ४ ठाउँमा एमालेको अग्रता छ भने कांग्रेसको कुनै पनि स्थानमा अग्रता नरहेकाले ५ नम्बर प्रदेशमा एमालेनै ठूलो दल बन्ने सम्भावना छ ।

७ नम्बर प्रदेशमा कांग्रेसले ३७ र एमालेले ३६ स्थान जितेका छन् । गणना भइरहेका ३ नगरपालिकामा एमालेको अग्रता छ भने एउटामा कांग्रेसको अग्रता रहेको छ । अग्रता लिएका नगरपालिका जितेको खण्डमा एमाले प्रदेश नम्बर ७ मा पनि पहिलो दल बन्न सक्छ ।

(https://www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?