कर्मचारीलाई कोरोना लागेपछि युनिलिभर नेपाल बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २३, २०७७
|
|
३१ पटक हेरिएको
Shares
कर्मचारीलाई कोरोना लागेपछि युनिलिभर नेपाल बन्द

सारांश

  • कोरोना भाइरस।
  • (कोभिड(१९) सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ ।
  • ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो ।

कोरोना भाइरस। (कोभिड(१९) सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ । ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो । उद्योगमा कार्यरत १९० कामदार तथा कर्मचारीको पिसिआर जाँच गराउँदा ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी एक हप्तादेखि बन्द अवस्थामा रहेको बताइएको छ ।

उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनाको यही असोज १४ गते कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजेटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ । विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?