प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई

सारांश

  • ईटहरी २६,असोज।
  • प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालयको सुनसरीको इटहरी–४ हलगाँडामा नवस्थापित कार्यालयको आज उद्घाटनका क्रममा उनले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने बताउँदै फराकिलो र गुणस्तर सडक एवं मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवासुविधामा ध्यान दिनुपर्नेमा जोड दिए ।
  • उनले प्रदेशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै निर्देशनालयलाई प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन दिनुभयो ।

ईटहरी २६,असोज। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालयको सुनसरीको इटहरी–४ हलगाँडामा नवस्थापित कार्यालयको आज उद्घाटनका क्रममा उनले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने बताउँदै फराकिलो र गुणस्तर सडक एवं मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवासुविधामा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले प्रदेशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै निर्देशनालयलाई प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री राईले भने प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा संविधानको मर्मअनुसार आगामी हिउँदे अधिवेशनबाट निर्णय गरिनेछ ।
सो अवसरमा प्रदेशसभाका सदस्य सर्वध्वज साँवा र कार्यालयका निमित्त प्रमुख राजेशप्रसाद घिमिरेले सङ्घीयताबाट जनताले आफ्नै घरदैलामो सेवा प्राप्त गर्न सकेकामा खुशी व्यक्त गरे ।नवस्थापित निर्देशनालयले प्रदेशका १४ जिल्लामा सडक तथा मोटर सञ्चालन हुने पक्की र झोलुङ्गे पुल निर्माणका लागि योजना स्वीकृति, बजेट निकासा, अनुगमन, निरीक्षण र नियमन आदि कार्य गर्नेछ ।

प्रदेशका मुख्य सचिव केदार न्यौपानले धुले, हिले र असारे विकासबाट प्रदेश सरकारमुक्त हुने विश्वास दिलाए । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र प्रदेश यातायात पूर्वाधार भौतिक मन्त्रालयका सचिव सागर राईले प्रदेशका २५० र सङ्घीय एक हजार योजना तयार भई प्रदेशभित्र निर्माण शुरु हुने जानकारी दिए ।

(https://jeepadvices.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार
डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
ओली र प्रचण्ड मिलाउने सूत्रसहित वामदेव सक्रिय
ओली र प्रचण्ड मिलाउने सूत्रसहित वामदेव सक्रिय
चट्याङ लागेर डडेल्धुरामा दुइ जनाको मृत्यु
चट्याङ लागेर डडेल्धुरामा दुइ जनाको मृत्यु
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
बाबा रामदेव भन्छन्  चिनियाँ सामान बहिष्कार गरौं …
बाबा रामदेव भन्छन् चिनियाँ सामान बहिष्कार गरौं …
बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित
बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
भारतमा तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु
भारतमा तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु