काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित

सारांश

  • काठमाडौं।
  • प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले काभ्रेमा आफूहरुले कुनै गोलीकाण्ड नगरेको प्रस्ट पारेको छ ।
  • बुधबार प्रहरीले त्यहाँ विप्लव समूहका नेतालाई पक्राउ गर्न जाँदा उनीरुले गोली चलाएको र आफूहरुले प्रतिरोधमा गोली चलाउनुपरेको बताएको थियो ।
biplav-comred.jpg
काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले काभ्रेमा आफूहरुले कुनै गोलीकाण्ड नगरेको प्रस्ट पारेको छ । बुधबार प्रहरीले त्यहाँ विप्लव समूहका नेतालाई पक्राउ गर्न जाँदा उनीरुले गोली चलाएको र आफूहरुले प्रतिरोधमा गोली चलाउनुपरेको बताएको थियो । तर, विप्लव समूहले भने प्रहरीको भनाइलाई ‘वकवास’ भनेर टिप्पणी गरेको छ ।
बिहीबार मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले एक विज्ञप्ति जारी गर्दै काभ्रे गोलीकाण्डबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । यसअघि ५ चैतमा साँझ काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा दोहोरो फायरिङ भएको प्रहरीले दाबी गरेको थियो । घटनामा शिव धिमाल र विशाल तामाङलाई पक्राउ गर्न सफल भए पनि अन्य भागेको प्रहरीको भनाइ थियो ।
तर, सुदर्शनद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘निहत्था, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको वकवास गरिएको’ भनिएको छ । ‘यो झुटो वकवासले जनयुद्धकालमा लगाइएको संकटकाललाई स्मरण गराएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा छ ।’
विज्ञप्तिमा हालको सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरुलाई संस्थागत गर्न खोजेको आरोप लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?