मतदाता भन्छन्–“ मतदान खेर जाने त होइन”

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
मतदाता भन्छन्–“  मतदान खेर जाने त होइन”

सारांश

  • भक्तपुर, १३ मंसिर , प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्नका लागि आम मतदाता मतदान गर्न आतुर छन्, तर डर छ, कतै आफूले गरेको मतदान बदर भएर खेर जाने त होइन ?
  • प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल मतदाता अन्यौलमा रहेको बताउनुहुन्छ ।
  • तीन पटक मतदान गर्नुपर्छ भन्ने जनताले बुझे पनि चार ठाउँमा मतदान गर्नुपर्छ भन्ने बुझ्न सकेका छ्रैनन् ।

भक्तपुर, १३ मंसिर , प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्नका लागि आम मतदाता मतदान गर्न आतुर छन्, तर डर छ, कतै आफूले गरेको मतदान बदर भएर खेर जाने त होइन ? प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल मतदाता अन्यौलमा रहेको बताउनुहुन्छ ।

तीन पटक मतदान गर्नुपर्छ भन्ने जनताले बुझे पनि चार ठाउँमा मतदान गर्नुपर्छ भन्ने बुझ्न सकेका छ्रैनन् । कुन रंगको मतपत्र कसका लागि हो भन्ने बुझ्न नसक्दा उनीहरु अन्यौलमा परेका छन् ।

निर्वाचन आयोगले देशव्यापी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर गाउँ टोलमा टोली पठाए पनि प्रभावकारी हुनसकेको छैन । घरघरमा पुगेर मतदाता शिक्षा दिनुपर्ने प्रावधान भए पनि त्यसरी परिचालित हुननसक्दा मतदाता शिक्षा प्रभावकारी हुननसकेको गुनासो आएको हो ।

सूर्यविनायक नगरपालिका– १ सिरुटारकी प्रतिमा श्रेष्ठ कसरी मतदान गर्ने भन्ने अन्यौल भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–“भोट हाल्ने दिन नजिक आइसक्यो, कसैले तीनवटा भोट हाल्नुपर्छ भन्छन्, कसैले चारवटा, तर कति पटक कसरी हाल्ने र कसरी खसाल्ने भन्ने कुरा जाने कै छैन ।”

भक्तपुर नगरपालिका १ दूधपाटिका सरोज सुवालको भनाइ पनि यस्तै छ । “पहिला पनि भोट हालेकै हो, त्यसैगरी अहिले पनि भोट हालौला, तर कुन भोट कुन पदका लागि त्यो थाहा छैन, भोट हाल्ने ठाउँमै सोध्नु पर्ला”–उहाँले भन्नुभयो । मतदातालाई भोट हाल्ने ठाउँमा केही सोध्न पाइदैन भन्ने पनि थाहा छैन, यस्तो बेलामा मत बदर हुने सम्भावना हुन्छ ।

गत स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा सात वटा छाप लगाएका मतदातामध्ये कतिपयले यसपटक पनि यस्तै होला भन्ने बुझेका छन् । चाँगुनारायण नगरपालिका– ३ का कोपिला खड्का एउटै मतपत्रमा चारवटा छाप लाउने भन्ने आफूले बुझेको बताउनुभयो । उहाँले भन्नुभयो–“भोट हाल्न त आइहाल्छ नि, अस्तिको चुनावमा एउटै मतपत्रमा सात ठाउँमा छाप लगाए, अहिले चार ठाउँमा लाउनुपर्छ भन्ने सुनेको छु, त्यसैगर्छु ।”

दलका नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेपनि कसरी मतदान गर्ने, कतिवटा मतपत्र हुन्छ, कतिवटामा छाप लगाउने भन्ने जानकारी मतदातालाई नगराउदा मतदाता अन्यौैलमा परेका हुन् ।

नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले मतदाता शिक्षा प्रभावकारी रुपमा घरदैलोमा नपुगेको बताउँदै यसमा बजेट सदुपयोग हुन नसकेकाले यसको जिम्म दलले पाउनुपर्ने जिकिर गर्नुहुन्छ ।

यता एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राजथला पनि चुनावप्रचार र घरदैलोमा व्यवस्त नेता कार्यकर्ताले मतदातालाई भोट हाल्न नसिकाएको बताउदै मतदाता शिक्षा प्रभावकारी हुननसकेको बताउनुहुन्छ ।

नेमकिपा भक्तपुरका केन्द्रीय सदस्य एवं क्षेत्र नं २ प्रदेशसभा (क) का उम्मेदवार सरोजराज गोसाइँ भने आफ्नो पार्टीले चुनावप्रचारसँगै मतदाता शिक्षा पनि दिएको बताउनुहन्छ । मतदाता शिक्षा भन्दा पनि दलहरुले आफैले भोट हाल्न सिकाउदा मत बदर हुने सम्भावना कम हुने उहाँको भनाइ छ ।

यता जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले पनि मतदाता शिक्षा प्रभावकारी नभएको गुनोसो आएपछि खटिएका टोलीलाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिन निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो–“यस जिल्लाका लागि २०९ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेका छौँ, घर÷घरमा गएर नमूना मतपत्रमा मतदान गर्न सिकाउन निर्देशन दिएका छांै, दलका प्रतिनिधिले पनि मतदाता शिक्षामा सहयोग गर्नुपर्ने आवश्यक छ ।”
निर्वाचन आयोगले आउँदो २१ गतेको निर्वाचनका लागि तीन रंगका मतपत्र छपाइ गरेको छ । पहिलो हरियो रंगको मतपत्रमा आफूले रोजेको प्रतिनिधिसभा सदस्यको एउटा चिन्हमा, दोस्रो कालो रंगको मतपत्रमा आफूले रोजेको प्रदेशसभा सदस्यका एउटा चिन्हमा र तेस्रो रातो मतपत्रमा आफूले रोजेको प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फ माथिल्लो कोष्टको चुनाव चिन्हमा र प्रदेशसभा सदस्यको समानुपातिकका लागि तल्लो कोष्टको चुनाव चिन्हमा छाप लगाउनुपर्ने राईले जानकारी दिनुभयो ।

हरियो र कालो मतपत्रमा एक भन्दा बढी छाप लगाए रद्द हुने र रातो मतपत्रमा माथि र तल फरक÷फरक कोष्टमा एक÷एक वटा चिन्हमा छाप लगाउनुपर्छ भनेर बुझाउनु अत्यावश्यक रहेको उहाँको भनाइ थियो । मतदान गरेपछि मत खसाल्ने क्रममा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मत निर्धारित बाकसमै खसाल्नुपर्छ । अन्य बाकसमा खसाले त्यस्तो मत समेत बदर हुने भएकाले मतदाता शिक्षा प्रभावकारी हुनुपर्ने प्रमुख राईले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेताले अझैसम्म दिंदैछन् कारवाहीको चेतावनी
गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
महाशिवरात्रीः लिंगका रुपमा शिव पृथ्वीमा देखापर्ने
महाशिवरात्रीः लिंगका रुपमा शिव पृथ्वीमा देखापर्ने
‘जुत्ता बनिसकेको छ, खुट्टा मिलेन भने ताछतुछ गरेर मिलाउनुपर्छ’
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय  परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो
दोस्रो व्यापारिक केन्द्रमा छैन सार्वजनिक शौचालय
दोस्रो व्यापारिक केन्द्रमा छैन सार्वजनिक शौचालय
सुनिता राई कन्दङ्वा ‘एक जुवा घाम’
सुनिता राई कन्दङ्वा ‘एक जुवा घाम’
३३ किलाे सुन प्रकरण: नाइके छिरिङद्वारा आत्मसमर्पण
३३ किलाे सुन प्रकरण: नाइके छिरिङद्वारा आत्मसमर्पण
भोजपुर प्रदेशसभा १ ‘क’ का विजेता राजेन्द्र कुमार राई को हुन् ?
भोजपुर प्रदेशसभा १ ‘क’ का विजेता राजेन्द्र कुमार राई को हुन् ?

तपाईंले छुटाउनुभयो कि?