वेगनास सरसफाईको १८ औं हप्ता सम्पन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
वेगनास सरसफाईको १८ औं हप्ता सम्पन्न

सारांश

  • पोखरा, ११ असार ।
  • वेगनास युवा क्लवको आयोजनामा हरेक हप्ताको शनिबार चलिरहेको साप्ताहिक बृहत वेगनास सरसफाई अभियानले  १८ औं हप्ता सम्पन्न गरेको छ।
  • अभियानले हालसम्म बेगनासतालको मुहान स्याखुदी देखि माझिकुना, तालका विभिन्न किनार हुँदै मन्धरेपार्क, ड्यामसाईड, बसपार्क क्षेत्र र नहरचोक सम्म सफाई सम्पन्न गरिसकेको छ।

पोखरा, ११ असार । वेगनास युवा क्लवको आयोजनामा हरेक हप्ताको शनिबार चलिरहेको साप्ताहिक बृहत वेगनास सरसफाई अभियानले  १८ औं हप्ता सम्पन्न गरेको छ।

अभियानले हालसम्म बेगनासतालको मुहान स्याखुदी देखि माझिकुना, तालका विभिन्न किनार हुँदै मन्धरेपार्क, ड्यामसाईड, बसपार्क क्षेत्र र नहरचोक सम्म सफाई सम्पन्न गरिसकेको छ।

१०५ औं हप्ताको पोखरा बृहत सरसफाईले समेत ऐक्यबद्धता जनाईसकेको यस अभियान लाई महानगरले समेत सुरुका दिन देखि साथ दिदै आएको अभियानका अभियन्ता तथा बेगनास युवा क्लवका अध्यक्ष राम बहादुर रानाभाटले बताए।

आगामी दिनमा ताल सफाई संगै “जहाँ तहि फोहोर नगरौं” लेखिएका वोर्डहरु तथा डस्बिन बेगनासताल वरपर राखिने क्लव सचिब रोशन खनालले बताए। वोर्डका लागि विभिन्न निकाय लाई सहयोगको लागि आग्रह गरेको समैत बताउछन् खनाल।

यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य रहेको बेगनासताल सरसफाईको अभावमा दिनानुदिन फोहोर भईरहेको अवस्थामा बेगनास युवा क्लबले गत माघ २० देखि सुरु गरेको यस अभियानले केही हद सम्म सरसफाईका साथै जनचेतना फैलाउने काम गरिरहेको बताउदै प्रशंसा समेत ब्यक्त गर्छन् डाडाकोनाक प्रहरी चौकीका डिएसपी गोविन्द पुरी।

महानगरले फेवालाई मात्र हैन बेगनासलाई पनि आफ्नो केन्द्र विन्दुमा राखेर पर्यटकीय योजना निर्माणमा जोड दिनुपर्ने बताउछन् होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ पुर्व अध्यक्ष दुर्गा अधिकारी।

मुख्यतया चाउचाउ, कुरकुरे, पानी तथा वियरको वोतल, सुर्तिजन्य पदार्थका कागज यस क्षेत्रमा देखिने मुख्य फोहोर हुन् तिनको व्यवस्थापन गर्न ठाउँ ठाउँमा डस्विन राखेर मात्र हुँदैन मानिसलाई जहाँ तहि फोहोर गर्नु हुँदैन भन्ने धारणा समेत विकसित हुन जरुरी छ भन्छन् पत्रकार तथा लेखनाथ पत्रकार मंचका अध्यक्ष भिमपाणी वराल।

बेगनास युवा क्लवको यो सानो प्रयासलाई महानगरले विशेष प्राथमिकताका रुपमा सहयोग गर्दै जाने हाे भने निकट भविष्यमा बेगनासताल सफा र सुन्दर देखिनेमा दुई मत पक्कै छैन।

पर्यटकिय दृस्टिकोणले फेवा पछिको दोश्रो रोजाईमा रहेका बेगनास तथा रुपालाई आगामी दिनमा मुख्य पर्यटकीय गन्तव्य बनाउन थप लगानीका लागि निजि क्षेत्र संग साझेदारी आवश्यक देखिन्छ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?