देउसी भैलो खेलेको पैसाले हत्केला समाजले बाँढ्यो न्यानो कपडा
सारांश
- देउसी भैलो खेलेर जम्मा गरेको रकम धेरैले पिकनिक, घुमघाम वा अन्य कुनै मनोरञ्जनात्मक काममा खर्चिन गर्छन् ।
- तर हत्केला समाज नेपालले भने यो तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकम समाज सेवामा खर्चिएको छ ।
- समाजले एक कार्यक्रम गर्दै शनिबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, बेसी गाउँमा रहेको नेपाल महिला तथा बालसेवा समाजमा आश्रय लिइरहेकाहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।
देउसी भैलो खेलेर जम्मा गरेको रकम धेरैले पिकनिक, घुमघाम वा अन्य कुनै मनोरञ्जनात्मक काममा खर्चिन गर्छन् । तर हत्केला समाज नेपालले भने यो तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकम समाज सेवामा खर्चिएको छ । समाजले एक कार्यक्रम गर्दै शनिबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, बेसी गाउँमा रहेको नेपाल महिला तथा बालसेवा समाजमा आश्रय लिइरहेकाहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।

समाजमा आश्रित २८ जनालाई २८ वटा ज्याकेट र २८ वटा टिसर्ट प्रदान गरिएको संस्थाका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए । हत्केला समाज नेपालले असहाय तथा अनाथको क्षेत्रमा विविध सामाजिक कार्य गर्दै आएको छ । त्यस्तै समाजले वर्षेनी विभिन्न क्षेत्रमा समाज सेवामा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई पनि सम्मान गर्ने गरेको छ ।
प्रतिक्रिया