यार्सा टिप्न नपाएपछि नाकाबन्दी !
सारांश
- काठमाडौं ९ जेठ ।
- साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन् ।
- साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भनेपछि तलकोट–४का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन् ।
काठमाडौं ९ जेठ ।साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन् ।साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भनेपछि तलकोट–४का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन् । वडा ४ का पनालत, स्याहा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपाल पुग्न सकिन्छ ।१० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साविक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए ।–नागरिक दैनिकबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया