आज खीर खाने दिन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
१७ पटक हेरिएको
Shares
आज खीर खाने दिन

सारांश

  • आज खीर खाने दिन ।
  • १५ साउनमा खीर खाने चलन प्रचलित छ ।
  • पौष्टिक आहारका रुपमा खीरको महत्व छ ।

आज खीर खाने दिन । १५ साउनमा खीर खाने चलन प्रचलित छ । पौष्टिक आहारका रुपमा खीरको महत्व छ । सात्विक भोजमा पर्ने खीर खाँदा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । त्यसैले १५ साउनको दिन घर घरमा खीर खाने गरिन्छ । आज चतुर्दशी समेत परेको छ । हरियाली महिना भएकाले साउनको महिमा विशेष छ । किसानहरुले धान तथा महत्वपूर्ण बाली रोपेर आराम लिने महिना पनि हो । साउनमा हिन्दुहरुले महादेवको विशेष पूजा गर्नुका साथै ब्रत बस्ने चलन छ । बोलबम पनि चल्छ ।

कांग्रेसमा पार्टी संगठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिएका छन् ।

गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ ।

बैठकमा करीब पाँच दर्जन केन्द्रीय सदस्यले धारणा व्यक्त गरिसकेका छन् । सो क्रममा अधिकांशले पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठन सहमतिमा गर्न सुझाव दिएको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले जानकारी दिए ।

करीब डेढ वर्षपछि १४ औँ महाधिवेशनको प्रक्रिया आरम्भ हुने भएकाले स्थानीयस्तरमा सहमतिको वातावरण कायम राख्न पनि हाल अन्तरिम संरचना सहमतिमा गठन गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यबाट सुझाव आएको उनले बताए ।

बैठकमा मंगलबारदेखि विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचीमाथि छलफल पार्टी कार्यालयले जनाएको छ । गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार व्यक्त गरे ।

केन्द्रीय कार्यसमितिको बैठक साउन १५ गते आज दिउँसो ३ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

एक महिना अघि मात्रै फर्किएका पूर्वराजा फेरि बैंकक जाँदै
पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । उनी अर्को हप्ताको अन्ततिर बैंकक जाने भएका हुन् । शाह निकट स्रोतका अनुसार साउनको अन्तिम हप्ता पूर्व राजाको बैंकक यात्रा तय भएको हो । एक महिना अघिमात्र उनी दुई हप्ता बैंकक बसेर फर्किएका थिए । परिवारसहित बैंकक पुगेका उनले नेपाली समुदायले आयोजना कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।

पछिल्लो समय शाहको बैंकक यात्रा बाक्लिनुलाई अर्थपूर्ण मानिएको छ । राजसंस्था रहेको देश थाइल्याण्डमा उनको आकर्षण बढेको छ । त्यहाँ उनकी नातिनीहरु अध्ययन गर्दै आएका छन् । पूर्व राजा थाइल्यान्डको यात्रा यात्रामा मात्र सिमिति नभएको हुनसक्ने बारे समेत सरकारले चासो लिन थालेको छ । उनले त्यहाँ रहँदा गोप्य भेटघाट समेत गर्ने गरेको चर्चा चलिरहेको छ ।

पूर्व राजा राजसंस्था ब्युँताउन सक्रिय रहेका छन् । उनले शक्तिकेन्द्र नजिकहरुसँग विदेशमा समेत भेट्ने गरेको बुझिएको छ । नेपालमा रहँदा उनले बुद्धिजीवी र राजसंस्थासँग सकारात्मक बनेकाहरुसँग भेट गरेका छन् ।

यसैगरी, सत्तारुढ दलका नेताहरु पनि धमाधम विदेश यात्रामा लागेका छन् । नेकपा अध्यक्ष प्रचण्ड युएई प्रस्थान गरेका छन् । उनी परिवारसहित १४ साउनमा उडेका छन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नियमिति उपचारका लागि भन्दै १८ साउनमा सिंगापुर जाँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?