रामचन्द्र गुटको भेलामा शेरबहादुरको विरोध, पौडेलले भने- देउवाबाट अब पार्टी चल्दैन

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १५, २०७३
|
|
१४० पटक हेरिएको
Shares

सारांश

  • पार्टी सञ्चालनमा अपरादर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बोलाउन सभापति देउवासँग लिखित माग गरेको छ ।
  • नेता पौडेलले देउवाका स्वकीय सचिव भानु देउवामार्फत् ध्यानाकर्षण पत्र बुझाएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
  • राजदूत नियुक्ति, भातृ संस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको पत्रिकामा खबर छ ।

पार्टी सञ्चालनमा अपरादर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बोलाउन सभापति देउवासँग लिखित माग गरेको छ ।

नेता पौडेलले देउवाका स्वकीय सचिव भानु देउवामार्फत् ध्यानाकर्षण पत्र बुझाएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

राजदूत नियुक्ति, भातृ संस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको पत्रिकामा खबर छ ।

कांग्रेस नेता पौडेल पक्षले शनिबार छुट्टै बैठकको आयोजना गरेको छ र त्यहाँ पौडेलले अब देउवाबाट पार्टी चल्दैन भनेको पनिनयाँ पत्रिका दैनिकमा उल्लेख छ ।

भेलामा सहभागी बलबहादुर केसीले देउवाको विरोध गर्दै उनले पार्टी डुबाउन लागेको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?