सुन निकाल्नै सास्ती, राख्नलाई पनि समस्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सुन निकाल्नै सास्ती, राख्नलाई पनि समस्या

सारांश

  • काठमाडौं ।
  •  सुराकीका आधारमा सुन रहेको गाडी पक्राउ गरेर टेकुस्थित महाशाखाको परिसरमा ल्याउँदा पनि प्रहरीले गाडीका कुन–कुन भागमा सुन छ, पत्तो पाएको थिएन् ।
  • राति तीन नबज्दै गाडी ल्याए पनि पार्टपुर्जा खोल्ने मिस्त्री खोज्दै बिहान अबेरसम्म कुरिएको थियो ।

काठमाडौं । सुराकीका आधारमा सुन रहेको गाडी पक्राउ गरेर टेकुस्थित महाशाखाको परिसरमा ल्याउँदा पनि प्रहरीले गाडीका कुन–कुन भागमा सुन छ, पत्तो पाएको थिएन् । राति तीन नबज्दै गाडी ल्याए पनि पार्टपुर्जा खोल्ने मिस्त्री खोज्दै बिहान अबेरसम्म कुरिएको थियो । नजिकैको एक ग्यारेजबाट आएका मिस्त्रीले गाडीको चक्कासहित पूरै बडी खोल्दा झन्डै तीन घण्टा लाग्यो । महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले भने, ‘प्रहरी र मिस्त्रीले घन्टौं लगाएर गाडीका सबै पार्टपुर्जा खोलेर सुन निकाले ।’

बिस्कुट आकारको प्रत्येक एक केजी तौलको सुनलाई कालो प्लास्टिकले मोरिएको थियो । झन्डै एक क्विन्टल बराबरको सुनलाई डेक्चीमा हालेर ओसार्न चार प्रहरी जवान परिचालन गरिएको थियो ।

भूकम्पपछि टेकुस्थित पार्टी प्यालेसमा त्रिपाल हालेर बसिरहेको महाशाखालाई यति धेरै मूल्यको सुन कसरी सुरक्षित राख्ने भन्ने चिन्ता परेको छ । प्रवक्ता उप्रेतीले सुनचाँदी व्यवसायी महासंघले परीक्षण गर्नेबित्तिकै राजस्व विभागमा लगेर बुझाउने बताए । उनले भने, ‘यहाँ सुरक्षित कोठा पनि छैनन्, राख्नकै समस्या छ ।’

कान्तिपुर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?