मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’

सारांश

  • काठमाडौं ।
  • सन् २०१४ को आमनिर्वाचनमा चायवाला शब्दलाई प्रसिद्ध बनाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउन लागेको चुनावमा चौकीदार शब्द लोकप्रिय बनाउन खोजेका छन् ।
  •   आमसभाहरूमा आफूलाई देशको चौकीदारका रूपमा चिनाउने मोदीले शनिवार 'मैं भी चौकीदार' शीर्षकमा एक भिडियो जारी गरेका थिए ।
काठमाडौं । सन् २०१४ को आमनिर्वाचनमा चायवाला शब्दलाई प्रसिद्ध बनाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउन लागेको चुनावमा चौकीदार शब्द लोकप्रिय बनाउन खोजेका छन् । 
आमसभाहरूमा आफूलाई देशको चौकीदारका रूपमा चिनाउने मोदीले शनिवार 'मैं भी चौकीदार' शीर्षकमा एक भिडियो जारी गरेका थिए । 
आज चाहिँ उनले ट्विटरमा नाम परिवर्तन गरेर चौकीदार शब्द जोडेका छन् । उनकै सिको गर्दै भारतीय जनता पार्टीका ठूला नेताहरूले पनि आफ्नो नामका अगाडि चौकीदार शब्द जोडेका छन् । 
अध्यक्ष अमित शाह, रेलमन्त्री पीयूष गोयल लगायतले शब्द जोडेका हुन् । उता विपक्षी कांग्रेस पार्टीले चाहिँ 'चौकीदार चोर है' भन्ने नारा बनाएर मोदीलाई घेर्ने कोशिश गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?