कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
सारांश
- बिराटनगर साउन,२९।
- जिल्ला प्रहरी कार्यालय झापा कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सई सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छन।
- भद्रपुर स्थित कारागारमा सुरक्षार्थ सई हस्तबहादुर श्रेष्ठ ,असइ गणेश राई सहित सो समयमा ड्युटीमा खटिएका एक प्रहरी हवल्दार र चारजना प्रहरी जवान लाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको झापा जिल्लाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
बिराटनगर साउन,२९। जिल्ला प्रहरी कार्यालय झापा कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सई सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छन।
भद्रपुर स्थित कारागारमा सुरक्षार्थ सई हस्तबहादुर श्रेष्ठ ,असइ गणेश राई सहित सो समयमा ड्युटीमा खटिएका एक प्रहरी हवल्दार र चारजना प्रहरी जवान लाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको झापा जिल्लाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।सो घटना हुदा सइ श्रेष्ठ विदामा बसेको र असइ राइले काराघार इन्चार्जको कार्यभार सम्हालेका थिए ।
प्रहरी कर्मचारीको लापरवाहीले कारागारबाट कैदी भागेको तत्काल कारागारको सुरक्षाबाट हटाइएको डिएसपी बस्नेतको भनाइ छ । संगठनको नीति तथा कानून अनुसार उनिहरुलाइ कारबाही हने उनले जनाए । कैदीबन्दी फेला नपरेको खण्डमा ६ जना प्रहरी जागिरबाट समेत बर्खास्त हुन सक्ने उनले बताए । घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीकोे नेतृत्वमा छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी आइतबार दिउँसो फरार भएका थिए । कर्तव्य ज्यान मुद्दामा जन्म कैद भोग्दै आएका उनले तात्कालिन जुरोपानी गाविसकी अन्दाजी १४ वर्षिया बालिका करणी पश्चात हत्या गरेको अभियोगमा ०७१ असार ५ मा काराघार चलान भएका थिय।कारागारमा रहेर बिजुली मर्मतको काम गर्दै आएका माझी काराघारको पर्खालबाट हामफालेर फरार भएका थिए ।
प्रतिक्रिया