प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियो सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०८०
|
|
२८ पटक हेरिएको
Shares
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियो सार्वजनिक

सारांश

  • काठमाडौं।
  • मंसिरको महिना भन्नासाथ विवाहको महिना बुझिन्छ।
  • सामान्यतया विवाह केटा र केटीको चिना टिप्पन हेरेर गरिन्छ।

काठमाडौं। मंसिरको महिना भन्नासाथ विवाहको महिना बुझिन्छ। सामान्यतया विवाह केटा र केटीको चिना टिप्पन हेरेर गरिन्छ। चिना टिप्पन मिलेमा मात्र जोडीको दाम्पत्य जीवनमा सुखी हुने मान्यता छ । तर चिना टिप्पन नमिल्दाको अवस्थामा के होला?

गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियोमा चिना टिप्पन नमिल्दा एक प्रेम जोडीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ। गीतमा दीपक शर्माको शब्द र कार्कीजीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ।

भिडियोमा समीप निरौला, सिर्जना कोइराला र सुबास शाह फिचर्ड छन् । प्रेममा रहेका समीप र सिर्जनाको चिना नमिल्दा परिवारले सिर्जनाको विवाह सुबाससँग गरिदिन्छन्।

तर विवाहकै भोलिपल्ट बिहान सिर्जना भागेर समीपलाई भेट्न गएको र त्यसपछिको द्वन्द्वलाई भिडियोमा देखाइएको छ। भिडियो कथात्मक शैलीमा निर्माण गरिएको छ।

वियोगान्त भावको भिडियोमा राम केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, माधव शर्माको सह निर्देशन र समीपकै कथा, पटकथा तथा निर्देशन छ। समीपको यो डेब्यू भिडियो निर्देशन हो । भिडियोकी निर्माता सीता अधिकारी हुन् । भिडियो समीप निरौला युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

मोडल समीपले हालसम्म करिब ४० को हाराहारी म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनीसँग टेलिफिल्म र सर्ट फिल्ममा अभिनयको अनुभव पनि छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?