विमल घर्तिमगरले भने म गम्भिर घाइते भएको होइन, आत्तिनुपर्दैन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
३४ पटक हेरिएको
Shares
विमल घर्तिमगरले भने म गम्भिर घाइते भएको होइन, आत्तिनुपर्दैन

सारांश

  • काठमाडौं, असार २७ – बंगलादेशसँगको मैत्रिपूर्ण खेलमा विमल घर्तिमगर घाइते भएका छन् ।
  • पहिलो हाफको २० मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका विमल ३१ औं मिनेटमा घाइते भए र मैदान छाडे ।
  • पहिला पनि कुममा चोट लागेका विमलको कुममा खेलका क्रममा मंगलबारको खेलमा फेरि समस्या देखिएको हो ।

काठमाडौं, असार २७ – बंगलादेशसँगको मैत्रिपूर्ण खेलमा विमल घर्तिमगर घाइते भएका छन् । पहिलो हाफको २० मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका विमल ३१ औं मिनेटमा घाइते भए र मैदान छाडे । पहिला पनि कुममा चोट लागेका विमलको कुममा खेलका क्रममा मंगलबारको खेलमा फेरि समस्या देखिएको हो ।

एएफसी २३ वर्षमुनीको च्याम्पियनसिप छनौटको खेल विमलले गुमाउने हुन् कि भन्ने चिन्ता थियो । तर खेलपछि भएको पत्रकार सम्मेलनमा विमलले आफू सामान्य अवस्थामा रहेको जानकारी गराएका छन् । ‘यो पहिला देखिकै घाइते हो, आज पनि समस्या देखिएको हो, त्यस्तो धेरै घाइते भएको होइन’ विमलले भने ।

एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोट अन्तर्गत नेपालले जुलाई १५ देखि १९ सम्म यूएई, उज्वेकिस्तान र लेवनानसँग यूएईमा खेल्नेछ । बंगलादेशले भने जोर्डन, ताजकिस्तान र प्यालेस्टाइन रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ ।

(https://winandoffice.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?