ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
८१
|
३१ पटक हेरिएको
Shares
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी

सारांश

  • काठमाडौं, १० चैत ।
  • आफूमाथि ढुङ्गा हान्नेलाई तपाई के गर्नुहुन्छ ?
  • ढुङ्गैले जवाफ दिनुहुन्छ कि फूल बर्साउनुहुन्छ ?

काठमाडौं, १० चैत । आफूमाथि ढुङ्गा हान्नेलाई तपाई के गर्नुहुन्छ ? ढुङ्गैले जवाफ दिनुहुन्छ कि फूल बर्साउनुहुन्छ ? तपाईं जे गरे पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने आफूमाथि ढुङ्गा बर्साउनेलाई फूलको थुङ्गा फर्काएका छन् ।

प्रसङ्ग ट्वीटरको हो । ट्वीरटरमा सक्रिय एमालेका वरिष्ठ नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत वर्तमान राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति र परराष्ट्रमन्त्रीलाई उनीहरुको शैक्षिक योग्यताको विषयलाई लिएर कडा आलोचना र व्यंग्य प्रहार गरेछन् ।

अच्युत वाग्ले नामक ती व्यक्तिले ट्वीटर यस्तो पोष्ट गरेका छन्, “नेपालको यो बिशेषता कारण छ्न । रास्ट्रपति IA फेल, प्रधानमन्त्री SLC फेल, उपराष्ट्रपति Test फेल र परराष्ट्रमन्त्री नौ कक्षा फेल तर तिनले नै सत्ता चलाउने देश बिरलै छन् । उनीहरुको पदको रवाफ र बुद्धिको सर्कस देखाउने ठाउँ उद्घाटन समारोह भन्दा अर्को छैन ।” परराष्ट्रमन्त्री ज्ञवालीले रिट्वीट गरेर जवाफ फर्काउनु र उनको लेखाईमा देखिने दम्भले उनी अरु केही नभए पनि डिग्रीधारी चाहिँ पक्कै हुन् भन्ने झल्किन्छ ।

https://twitter.com/Beitwag/status/976752114197176320

मन्त्री ज्ञवालीले अच्युत वाग्लेको ट्वीटलाई रिट्वीट गर्दै लेखेका छन्, “धन्यवाद वाग्ले सर, मेरो पढाइबारे केही शव्द खर्चिनु भएकोमा । सुकरातले भनेका थिए रे, म एउटै कुरा जान्दछु, त्यो के हो भने म केही पनि जान्दिनँ । उनको यही भनाईले मलाई प्रेरित गरिरहन्छ र म सरहरुसँग सिकिरहन चाहन्छु, जिन्दगीभर ।” आफूमाथि खनिएर कडा प्रहार गरेका अच्युत वाग्लेलाई मन्त्री ज्ञवालीको शालीन र ओजपूर्ण उत्तरले ट्वीटर माहोल ह्वात्तै ज्ञवालीको पक्षमा ओइरिएको छ । त्यतिमात्र होइन, शिक्षा के हो ? ज्ञान के हो ? विवेक के हो ? परेर जानिन्छ वा पढेर जानिन्छ ? पढाइको प्रमाणपत्र के हुन् र के हैनन् ? जस्ता निकै घतलाग्दा र खँदिला बहस भएका छन् ।

अच्युत वाग्लेको ट्वीटलाई मन्त्री ज्ञवालीले रिट्वीट गरेपछि आएका केही टिप्पणी

https://twitter.com/Sabdachittra/status/977023201359417344

https://twitter.com/ArunKumarSubedi/status/977348861122568192

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

81 कमेन्ट

    Comment Author

    Yadab Raj Dhungana

    Yo wagle sirle nikai padnu bha raixa kk garnu bhayexa deshko lagi.

    Comment Author

    Narbahadur Gharti

    PHD गर्दैमा ज्ञानी हुने र देश चलाउन सक्ने भए सायत 2046 पछि डा बाबुराम भट्टराई र शेरबहादुर देउवा बाहेक अरु सबै फिल हुन्थ्ये होलान् तर दुर्भाग्य बस यि दुबै सबैभन्दा असफल अयोग्य साबित भैसकेकाछन् त्यसैले वाग्ले सरको तर्क त्यती सान्दर्भिक लागेन यसको तात्परे पढाइ चाहीदैन भनेको होइन तर औपचारिक्ता पढाइ गर्दैमा सबैमा सक्ष्यम भएन्छ सबै कुरा थाहाहुन्छ भन्नु वाग्ले सरको ठुलो भ्रम जस्तो लाग्छ त्यसैले अब देखी यस्ता भ्रामिक र औचित्य हिन भनाईहरु नराख्दा नै वाग्ले सरको हितमा होला की ?

      Comment Author

      Rabin Shakya

      साच्चै पास चाहिँ को भएछन?? जनकारी पाउ

      Comment Author

      Nil Prasad Gautam

      सहि कुरा

    Comment Author

    Dhruba Lila

    हालको परिस्थिति ,ब्यबहारिक पक्ष र माहोल अनुसार वाग्ले सरको भनाइ असान्दर्भिक भएता पनि पद सङ सम्बन्धित शिक्षा र बिज्ञता हुनु जरुरी छ ।

    Comment Author

    Narayani Laxmi

    ज्ञानी मान्छे काे तरिका भन्छु म ।

    Comment Author

    Ram Sapkota

    मात्र दक्षता र परिणामको सम्बन्ध राजनीति संग हुन्छ अन्य कुरा सामान्य हुन । अौपचारिक शिक्षा राजनीतिमा अनिवार्य हुँदै होईन । यो त भ्रम हो । डा रामशरण को अार्थिक दर्शन र नेपालको अवस्था स्पष्ट छ ।

      Comment Author

      Rabin Shakya

      त्यो भनेको के हो, देश हाक्ने माथिल्लो तहको ४-४ जनाको योग्यता देख्नुभयो नि

    Comment Author

    Dipak Lama

    Aaka desko Kthaaaaaaa

    Comment Author

    Buddhipd Rai

    घरसारमा पढेर भएनी Socrates हूं भनी दम्भ राख्ने परराष्ट्र विज्ञ तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीजी दोस्रो गोपाल प्रसाद पराजुली त होइनन है!!!

      Comment Author

      Ishwar Kc

      Bigya ta timi jasto lagxa

    Comment Author

    Amar Santati

    पत्रकार मित्र र मन्त्रीज्यु को पढाई को बहस टुडिखेलमा होस हामी हेर्न र सुन्न आउँछाैँ बरु!

    Comment Author

    Sanjay Lama

    Sabai bhanda prathmik kuro imandarita hunu paryo jo yin ma ahilesamm dekhin6an aru kuro jastai ki adhyyan pramanpatra ta gaun ra pa6i ka kuro hoon

      Comment Author

      Rabin Shakya

      त्यो कुरा घरमा बच्चा हरुलाइ स्कुल नपठाएर सम्झाउनुस

      Comment Author

      Krishna Kharel

      Rabin Shakya बौद्धिकता को मापन के हो ? वाग्ले सर को कमेन्टले हामी जस्तो शैक्षिक क्षेत्रमा काम गर्नेलाई लज्जित बनएको छ !!

      Comment Author

      Rabin Shakya

      Krishna Kharel ए हो र अनपढ राष्ट्रपती, प्रधानमन्त्री र पररष्ट्रमन्त्री हुदा त छती गर्व ले फुलेको होला नि होइन सर

    Comment Author

    Lokendra Limbu

    बुझे अनुसार वाग्ले कङ्रेस को १ नम्बर हनुमान हुन । उनी काङ्रेस्स को सत्ताहुनजेल स्वोघोसित् बुद्धीजिबी र बिशेषग्य हुँ भन्दै चाकरी गरेर राष्ट्र बैंक को governar को सल्लाहकार देखि लिएर बिभिन्न मोटो रकम कमिसन आउने ठाममा पसि उनिहरु सँग मिलेर लाखौं रकम लुट्न पल्केका १ दलाल काङ्रेस्स हनुमान हुन । काङ्रेस्स कै हनुमान भएको कारण तत्कालिन सरकार भित्र बाट नै बेलायत को १ university मा phd को लागि scholarship मिलायर हालै मात्र phd अध्ययन गर्दै गरेका ब्याक्ती हुन । उनको यो लेखाई मुख्य २ कुरा बाट प्रभाबित देखिन्छ । १ ) काङ्रेस्स को सत्ता गुमेको ले आफ्नो नियमित कमिसन् गुम्ने अवस्था को आक्रोस । २) भर्खर मात्र phd पड्दै गरेको फुर्ति । (धोतीको जुम्रो टुप्पी मा पुगो भने धेरै सकसकाऊछ )भन्ने नेपाली उखान छ । त्यस्तै सकसकाएका मात्र हुन उनि । उन्को कुनै तुक छैन । साचै भन्नु पर्दा उनी १ कांग्रेस्स थर्ड class दलाल भन्दा बेसि केहि होइनन् । भित्र खोक्रो बाहिर बोक्रो का पर्याए मात्र हुन । उनको मुख्य काम १, २ वोटा media हाउस सँग मिलेर कङ्रेस्स को गल्ति लाई ढाक्छोप गर्नु अनि बाम्पन्थी त्यस्मा पनि एमाले लाई खुइल्याउनु बाहेक केहि छैन ।

    Comment Author

    Ram Mani Bhattarai

    भगवान वुद्ध कति कक्षा पढेका थिए वाग्ले ज्यू ?

    Comment Author

    Ganesh Mainali

    मान्छे जति विद्वान हुन्छ त्यती नै मुर्ख हुन्छ ।जति अन्पढ हुन्छ मान्छे त्यती नै ज्ञानी हुन्छ । वाग्ले जि लाई तातो पिडालु खाए जस्तो भएको छ होला ।

      Comment Author

      Rabin Shakya

      त्यसो भए घरमा बच्चा हरु त स्कुल जादैन होला पक्कै पनि

    Comment Author

    Rajan Khatiwada

    धेरैपढ्ने मुर्ख भन्दा थाेरैपढ्ने बिद्वान लाइ मेराेसलाम

      Comment Author

      Rabin Shakya

      त्यसो भए तपाइको एक सलाम रिशी धमला लाई पनि होला

    Comment Author

    Rajkumar Basyal

    Salute u Pradip Gyawali sir

    Comment Author

    मदन शर्मा मुडभरी

    गौतम बुध्द ले संसार लाई ज्ञान दिय के उन को जागीरी खाने सर्टिफीकेट थिपो र मित्र वाग्ले ज्यु

      Comment Author

      Rabin Shakya

      तपाईं कुन दुनिया मा हुनुहुन्छ?

      Comment Author

      Umesh Aryal

      तपाईं जुन दुनियामा हुनुन्छ

    Comment Author

    Bidur Paudel

    सि,के राउत देस फुताउछु भन्छ ! रामसरन महत पीडित को जस्ता बेचेर खान्छ ! निजि अस्पताल को डाक्टरले नक्कली प्र प बोक्छ ! इनिहरु सबै पि ,एछ, दि, वाला चोर हुन ! वाग्ले त झन पत्रकार न परे, ब्ल्याक्मेलिङ मा पोख्त हुने हरु !

    Comment Author

    Jayadev Ghimire

    धेरै पढि असल कर्म नगर्ने भन्दा थोरै पढि असल कर्म गर्नु नै महानता हैन र?

      Comment Author

      Rabin Shakya

      असल कर्म गर्न लाई देशको परराष्ट्र मन्त्री हुन पर्दैन है सर

    Comment Author

    Uttam Acharya

    वाग्लेजी लेख्दा सोचेर लेख्नुपर्ने र त्य्सको प्रभाव आकलन गर्नु पर्ने देखिन्छ

      Comment Author

      Rabin Shakya

      एमाले लाई मात्र सोचेर लेखेको होइन नि त सर, यो त देशलाइ सोचेर पो लेखेको

      Comment Author

      Dhirendra Kumar RC

      Rabin Shakya हैन अबका युवा नेता न पढेका छन त? उतिबेला वाग्ले जस्ता स्वार्थीहरु पढेलेखेर नोट कमाउने सपना बुन्दै गरेको बेला ओली जस्ता युवा देशमा परिवर्तनको लागि र सबै नेपालीका छोरा छोरीले पढ़न लेख्न नेतृत्व तहमा पुग्न् पाउनु पर्छ भन्ने आवाज उठाए वापत कठोर जेल यातना भोग्दै गरेका थिए भन्ने यथार्थ बिर्सनु मूर्खता हो ।

    Comment Author

    Arjun Hamal

    waghale ashal Manish hun shakun

    Comment Author

    Buddhi Sagar Baral

    यस्ता कुरा केहि नभयपछी ल्याप्चेहरुले मात्र गरेको पाइन्छ

    Comment Author

    Manohar Deepak Shrestha

    Aba yo padhai Sadhai ko Kam nai chaina. SLC mathi ka sabai school, college banda garaun.

      Comment Author

      Rabin Shakya

      slc पनि किन चाहियो र प्र. म. भन्दा माथी किन जान पर्यो?

    Comment Author

    Narendra Shah

    Aarya jatika haru gafai gaf le, wokhan tookka le agadi aaka xan

    Comment Author

    Ram Hari Khadka

    कस्को कती क्षमता हुन्छ भन्ने कुरा अनौपचारिक शिक्षा र चिन्तनले पनि फरकपार्छ तर औपचारिक शिक्षामा यो सत्य नै हो त ???

    नेपालको यो बिशेषता कारण छ्न । रास्ट्रपति IA फेल, प्रधानमन्त्री SLC फेल, उपराष्ट्रपति Test फेल र परराष्ट्र मन्त्री नौ कक्षा फेल तर तिनले नै सत्ता चलाउने देश बिरलै छ्न। उनीहरुको पदको रवाफ र बुद्धिको सर्कस देखाउने ठाँउ उद्घाटन समारोह भन्दा अर्को छैन । https://twitter.com/libangi13/status/976676714553233409

    Comment Author

    S.l. Gautam

    वाग्ले सर पढेलेखेर के गर्नु हुन्छ कुकुर को जति नि बुद्धि नभएपछि ? तपाईं को योग्यता र प्रमाणपत्र प्रदीप ज्ञवाली को चरीत्र ,इमान्दारिता , दुरदर्शिता र निस्पक्षता संग तुलना गर्ने हो भने आलु जति नि भाउ हुने छैन।

    Comment Author

    Rabin Shakya

    कुरो र कुलो लाई जता लगे नि हुन्छ, कुरा गर्न लाई जित्न गाह्रो होला तर वाग्ले जि को कुरा त सहि नै हो है

    Comment Author

    Tika Datta Rai

    कुनै पनि पत्रकारले कुनै पनि ब्यक्ती माथी टिप्पणी गर्दा त्यस्को जवाफ के अाउछ भन्ने कुराको ख्याल गर्न पर्छ ।

      Comment Author

      Rabin Shakya

      देश हाक्ने पदाधिकारी हरुको शैक्षिक योग्यता नागरिक सामु ल्याउनुलाइ कसरी टिप्पणी भन्न सक्नु हुन्छ? टिप्पणी र सुचना के हो पनि थाहा छैन रहेछ सरलाइ सर पनि ९ पास हो कि के हो?

      Comment Author

      Tika Datta Rai

      अलि पुर्बग्राही भईयाे कि साथि ।

    Comment Author

    Siva Baburam Lamichhane

    Yo pad ho

    Comment Author

    Ram Prasad Dahal

    राम्रो ठिक जवाफ

    Comment Author

    Ghanshyam Parajuli

    बिचरा वाग्ले टाए टाए फिस्स

    Comment Author

    Bikram Timilsena

    ९ कक्षा फेल कमरेड के भन्छन्

    Comment Author

    Hariram Dangi

    वाग्ले सरले सबैका अाँखा खोलिदिनु भएको छ । अौपचारिक शिक्षा कम भएका मान्छे पनि विद्दवान हुन सक्छन भनेर ।

    Comment Author

    Kedar Gautam

    यी अचुत वाग्ले आफुलाइ खाँटि काङ्गेस ठान्छन् जस्तो बुझछु मत, लेखमा ठुला दार्शनिकहरुको बिचार उद्धृत गरेको पाइन्छ तर इन्को आफ्नो बुद्धिको स्तरचाहि ?

    Comment Author

    Lekhnath Pokhrel

    याे एक्काईसाै शताब्दि हाे,बिश्वकाे भुगाेललाई एउटै सिनमा कैद गरेर सुतेकाे बेड बाट कसले कहाँ के गरि राखेकाे छ भनी हेर्न मिल्ने भई सक्याे,साताै शताब्दिका सुकरातकाे उदाहरण दिएर बर्तमान चल्दैन बुध्दुहरू,किन तिमिहरूले नबुझेकाे र प्रदिपजिले दिएकाे जवाफ अति तल्लाे स्तरकाे देखियाे,मेराे याे हाे याेग्यता भन्न किन नसक्ने? हाल याेग्य र याेग्यता नभएकालाई राष्ट्र र राष्ट्रियता हाक्ने परराष्ट्रमन्त्रिकाे याेग्तालाई लिएर याेग्यताधारिलाई तथानाम लेख्ने शिक्षाकाे बिराेधि हुन।

      Comment Author

      Himlal Bhandari

      Shokchha bhaneko janne ra janeko kura ho bhanne lagx. Janne ra janeko bhaneko pramanpatrale matra hudaina jastolagx.praman patraliyako manxeko sangat kahax goru sang bhaya u jastai bhainx dhan sang bhaya ustai, keta keti sang bhaya ustai etc yi sabai mera sangati hun inma k rahex k hunu parthyo k bhai rahex bhanera chochnele matra garx isha shichha ta classroomma rakhneharu….

    Comment Author

    Lilanath Acharya

    वाग्ले घमन्डि हो।राजनीति मा प्रमाण पत्र होइन इमान्दारिता चाहिन्छ। प्रदिप को जुत्ता जतिको हैसियत होला वाग्लेको ….

    Comment Author

    Indira Rijal

    अाफ्नाे याेग्यताकाे विज्ञापन हाेला

    Comment Author

    Surya Prasad Pokhrel

    आफू गोठालो भयो भने सबै तेस्तै हुन्छन र क्रमस लेख्दै जादा सबै लाई भाग पुराउन नसक्ने भएर ९ कलास मा आएर टुङ्ङाएको सक्नुहुन्छ भने सबै लाइ भाग पुग्ने गरि कति पढेका छन भनिदिनु परो।

    Comment Author

    Krishna Kharel

    बौद्धिकता को मापन के हो ? वाग्ले सर को कमेन्टले हामी जस्तो शैक्षिक क्षेत्रमा काम गर्नेलाई लज्जित बनएको छ !!

    Comment Author

    TopLal Gyawali

    डा. अच्युत वाग्ले अर्काले लेखेको पुस्तक हेरेर पढाउने काम गर्छन भने साहित्यकार प्रदिप ज्ञवाली आफै सिद्धान्त प्रतिपादन गर्दछन् र गर्ने क्षमता राख्दछन ।

      Comment Author

      Nil Prasad Gautam

      हावादारी , उहाँ त एउटा पार्टीको पहरेदार मात्र रहेछन भन्ने कुरा सबैले बुझिसकेका छन

    Comment Author

    Dhirendra Kumar RC

    हैन अबका युवा नेता न पढेका देख्या छौ? उतिबेला वाग्ले जस्ता स्वार्थीहरु पढेलेखेर नोट कमाउने सपना बुन्दै गरेको बेला ओली जस्ता युवा देशमा परिवर्तनको लागि र सबै नेपालीका छोरा छोरीले पढ़न लेख्न नेतृत्व तहमा पुग्न् पाउनु पर्छ भन्ने आवाज उठाए वापत कठोर जेल यातना भोग्दै गरेका थिए भन्ने यथार्थ बिर्सनु मूर्खता हो ।

    Comment Author

    Vim Thapa

    कतै अच्युत वाग्ले नक्कली phdधारीत हैन। गाेपाल पराजुली जसेतै?

    Comment Author

    देवेन्द्र चापागाईं

    वाग्लेले गलत भनेका चैं पक्कै होइनन् !!

    Comment Author

    Dwarika Karanjit

    नपढेका बिद्वान र पढेलेखेका मुर्खहरु मैले धेरै ब्यहोरेको छु ।

    Comment Author

    Hari Prasad Aryal

    political kunai jagir jasto hoina r qualification yettinai hunuparxa bhanne hudaina.k bal nistaban anubhabi r emandar chahinxa.

    Comment Author

    Devnidhi Gautam

    फेसबुकमा कसैले योग्गेता सोध्नु भन्दा उसको बिचार भिजनलाइ क्षमतालाई बुज्ने प्रयास गरे अति उत्तम हुम्छ कि !!

    Comment Author

    Ghimire Dilli

    PhD भनेको पूरै हेड डेमेज भन्थे हो कि?

    Comment Author

    Nitesh Khanal

    वास्तविकतालाई बाहिर ल्याएका पत्रकार वाग्ले लाई ह्रिदय देखि स्वागत छ उनको बिरोध गर्ने अन्धभक्तहरु प्रति हार्दिक श्रन्दान्जली धिकार्छ तिमिहरूको गवार मगज देखि शैक्षिक योग्यता नचाहिने भए किन जुन सुकै ब्यक्ति राष्ट्रसेवक कर्मचारी बन्न सक्दैन? किन तिमि गवारहरु बिद्यालय तथा कलेज गएउ ? किन आन्फै बच्चा बच्चि लाई बिद्यालय पठाइरको ?

    Comment Author

    Mani Bhattarai

    ज्ञान औपचारिक् शिक्षा लिएर वा व्यबहार बाट पनि आर्जन गर्न सकिन्छ ।पढ़नु पर्छ पढेर नम्र हुनु पर्छ दम्भ देखाउनै होइन । तर सबै कम पढेंका मान्छे प्रदीप ज्ञवाली जस्ता विवेकी ,शालिन भने हुन्नन । पढेंका बिद्वान वागलेजीको बौद्धिकता लाई के भन्ने?

    Comment Author

    Matrika Dhungana

    औपचारिक प्रमाणपत्र प्राप्त गर्न बाहिरी जगतका प्रमाणपत्र प्राप्त गरिसकेका ब्यक्तीद्वारा लेखिएका शास्त्र पुस्तक घोकेर प्रमाण पत्र प्राप्त गर्न सकिन्छ भने चैतन्यशिल ब्यक्ती बन्न आफैलाई पढ्नु पर्दछ आफ्नै आत्मालाई गुरु मानेर भित्री अध्ययन गर्नु पर्दछ !त्यहाँ बाहिरी प्रमाण पत्र हुँदैन !गौतम बुध्द सँग पनि कुनै औपचारिक प्रमाणपत्र थिएन !

    Comment Author

    Post Raj Bhusal

    पढेलेखे भनेर घमन्ड गर्ने मूर्ख बिद्वान भन्दा कमपढेलेखेको ज्ञानी मृदुभाषी र सज्जन हुन्छ

    Comment Author

    Kumar Prasad Khatiwada

    Hait . Ke tujuk dekhako hola falanu le .

    Comment Author

    Ravi Kumar Bartula

    जसो जसो कुलो त्यसो त्यसै पानी भने जस्तै भैगोनी हाम्रो मुलुका ।अब पडाई लेखाइ छोडौ राजनितिमा लागौ ।यहाँ सबै अबसर ढोकामा आउँछ।कैले अक्स्फोर्ड को डीग्री चाईन्छ भन्छन कैले ???????????

    Comment Author

    Mukunda Ghimire

    शालीन जवाफ।

    Comment Author

    Satya Satya

    केही भएको छैन यथार्थ कुरा भन्न केको लाज हाम्रा परराष्ट्रमन्त्री मंत्री पारदर्शी हुनु हुन्छ, आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बेलामा आफ्नो शिक्षा को बिवरण पनि सार्वजनिक गर्नु हुन्छ। धैर्यता लिऊँ

    Comment Author

    Netralal Pandey

    Those who have never gone to school ,their creations have been studied in masters degree.

    Comment Author

    Thaman Khadka

    Phd rs.30,000 .

    Comment Author

    Thaman Khadka

    Phd darumastar haru ke ke bhachan hamro gewali mantri ji lai.

    Comment Author

    Suraj Shrestha

    पदाइ को घमण्ड ।।।।यि साला चोरेर ,मिलायेर,पैसा खुवायेर प्रमान पत्र पाउने भन्दा त नौ कक्षा नै बेस्ट । राजनिति गर्न राज्ये सता कसरी चलाउने भनेर जाने पुग्छ।

    Comment Author

    Krishna Ambika Kafle

    Panda ta suga le Pani padacha .na padeka Manish Pani dherai budhhiman hunchan .

    Comment Author

    Prem Poudel

    Aru ke jawaph xa ra?

    Comment Author

    Dil Kumar Thapa

    Dr. Achyut wagle r pradeep gyawaliko wteeter adhyeyen garda malaita certeficate nai ulto palto parejasto lagyo dr.pradeep hunuparne r 9 kaksha fail chahi achut wagle hunu parne ho

    Comment Author

    Mani Rai

    वाग्ले सापले जुन धार्मिक ग्रन्थमा विश्वास गर्नु हुन्छ त्यस पुस्तक लेख्ने व्यक्तीको शैक्षिक थोग्यता कति थियो नी??

    Comment Author

    Tek Bahadur Chand

    Hain ho yadi sacho ho vane k bigriyo r

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 81
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?