भक्तपुरमा न्हुँदया भिन्तुना र्यालीमा एमाले, नेमकिपा प्रतिस्पर्धा !
सारांश
- नेपाल संवत् ११३८ को सन्दर्भमा गत कार्तिक ३ गते भक्तपुर नगरमा २ वटा छुट्टाछुट्टै र्यालीको आयोजना गरिए।
- बिहान ७ बजे सुर्यमढी बाट सुरु भई खौमामा समापन गरिएको र्याली नेपाल भाषा साहितत्य त:मुजा अयोजक भनिएता पनि विभिन्न साँस्कृतिक समूह,सहकारीको नाउँमा उपस्थित अधिकांस नेमकिपाका कार्यकर्ता सहभागी थिए।
- प्रत्यक वर्ष सोहिदिन नेमकिपाको पहलमा हुने उक्त र्यालीमा १५ सय जनाको उपस्थिति रहेको जिल्ला प्रहरीको आंकलन छ।
नेपाल संवत् ११३८ को सन्दर्भमा गत कार्तिक ३ गते भक्तपुर नगरमा २ वटा छुट्टाछुट्टै र्यालीको आयोजना गरिए। बिहान ७ बजे सुर्यमढी बाट सुरु भई खौमामा समापन गरिएको र्याली नेपाल भाषा साहितत्य त:मुजा अयोजक भनिएता पनि विभिन्न साँस्कृतिक समूह,सहकारीको नाउँमा उपस्थित अधिकांस नेमकिपाका कार्यकर्ता सहभागी थिए। प्रत्यक वर्ष सोहिदिन नेमकिपाको पहलमा हुने उक्त र्यालीमा १५ सय जनाको उपस्थिति रहेको जिल्ला प्रहरीको आंकलन छ। सोहिदिन दिनको १२ बजे भेलुखेलबाट एमाले नगर कमिटीले आयोजना गरेको साँस्कृतिक र्याली नगरका बिभिन्नभागको परिक्रमा गरि दरबार स्क्वायरमा पुगेर समपान भएको थियो।२५ भन्दा बढी विभिन्न साँस्कृतिक समूह, मानवीय अस्था नेपाल लगाएतका सामाजिक समूह र सहकारी संस्थाको उल्लेख्य सहभागिता भएको र्यालीमा करिब २ हजार जनाको सहभागीता रहेको प्रहरी श्रोतले बताएको छ । नेपाल संवतको सन्दर्भ पारेर न्हुदया भिन्तुना र्यालीको नाम भएको दुबै र्याली चुनावी तयारी र आआफ्नो शक्ति प्रदशनको रुपमा एमाले र नेमकिपाले प्रयोग गरेका छन।
भक्तपुर १ नं क्षेत्रको प्रदेश शभा ख अन्तर्गत भक्तपुर नगर पालिका वार्ड नं १ देखी ९ सम्मरहेको यो क्षेत्र नेमकिपाको गड हो। गत स्थानीय तहको चुनावमा नेमकिपाका सुनिल प्रजापती बिजय भएका थिए भने एमाले र कंग्रेस निकै पछाडी परेका थिए। प्रेम सुवाल, सुनिल प्रजापती, चैत्यराज शाक्य, अनुराधा थापामगर लगायतका नेता उपस्थित उक्त कार्यक्रममा नेमकिपाका नेताहरूले बोल्दा एमालेलाई नै खुइलाएका थिय। नेमकिपाका सम्भाब्य उम्मेद्वारका रुपमा हेरिएका प्रेम सुवालले त यो पटक एमाले पैसाको खोलो बगाएर चुनाव जित्ने योजनाका साथ आएकोले जनताले तेस्को प्रतिरोध गर्ने समेत बताए। तेस्तै एमाले नेता पुर्व मन्त्री महेश बस्नेत, सोम मिश्र, सरस्वोती बाटी, बाल मुकुन्द सुवाल, रोमण शिलाकार सहभागी अर्को र्यालीमा बक्ताहरुले नेमकिपाको अधिनायकवाद समाप्त भएको बताउदै भक्तपुरको मुहार फेर्ने जिम्मेवारी एमालेको भागमा आएको बताएका थिए। त्यस क्षेत्रका स्वतन्त्र बिस्लेशकहरु भन्छन एमालेले नसोचेको र्याली निकालेको छ।

अब नेमाकिपाबाट अस्नतुष्ट रहेर बोल्न नसकेको ठुलो समूहले बिद्रोह गर्न सक्दछ। यो अवस्थामा भक्तपुर नगरको चुनाव साच्चै हेर्न लाएकको हुनेछ। छोटो समयमा राम्रो सफलता हासिलगरेका युवा ब्यबसायी रोमण शिलाकारलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेपछि दुई पटक गरेर झण्डै ८ सय ब्यक्ति एमाले प्रबेश गरेका छन। जे होस यस पटक एमालेले नेमकिपालाई साँच्चै चुनौती दिने हो कि जस्त्तो अवस्था देखिदैछ। यता कांग्रेसले भने उम्मेदवार छनोट प्रक्रियामा रहेकोले आफ्नो नेपाल संबत कार्यक्रम प्रधानमन्त्री शंखधर साख्वाको सालिकमा माल्यार्पण कार्यक्रम गर्न ठिमी आएको मौका छोपि हल भित्र चियापान कार्यक्रम गरेको थियो।
प्रतिक्रिया