केक काटेर हर्षोल्लास मनाएपछि पार्टीको स्थायी कमिटी बैठक सुरु
सारांश
- भक्तपुर ।
- स्थानीय चुनावमा पार्टी पहिलो बनेको अवसरमा एमाले नेताहरुले अध्यक्ष केपी ओली निवासमा हर्षोल्लास मनाएका छन् ।
- आइतबार अपरान्ह पार्टीको स्थायी कमिटी बैठक बस्नुअघि ओली निवास बालकोटमा नेताहरुले केक काटेर विजयत्सव मनाएका हुन् ।
भक्तपुर । स्थानीय चुनावमा पार्टी पहिलो बनेको अवसरमा एमाले नेताहरुले अध्यक्ष केपी ओली निवासमा हर्षोल्लास मनाएका छन् । आइतबार अपरान्ह पार्टीको स्थायी कमिटी बैठक बस्नुअघि ओली निवास बालकोटमा नेताहरुले केक काटेर विजयत्सव मनाएका हुन् ।
नेताहरुले सुर्य भित्र एमालेको लोगो र कम्युनिष्ट पार्टीको झण्डा भएको केक काटेका थिए । त्यतिमात्र होइन केकमा स्थानीय चुनावको विजयप्रति बधाई भनेर अंग्रेजीमा लेखिएको छ ।

केकमा रहेको सुर्य चिन्ह भित्रको एमालेको लोगोमा पनि अंग्रेजीमै लेखिएको छ । दुवै चरणको निर्वाचनमा पार्टी पहिलो भएको अवसरमा उनीहरुले केक काट्नै खुसीयाली मनाए ।
सो केक पार्टी अध्यक्ष केपी ओलीको सचिवालयले तयार पारेको श्रोतले बताएको छ । केक काटेर हर्षोल्लास मनाएपछि पार्टीको स्थायी कमिटी बैठक सुरु भएको थियो ।
पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बनेको छ । एमालेले नेपाली कांग्रेसलाई ४९ सिट पछि पारेको छ ।
प्रतिक्रिया