दूधको मूल्य बढाउन किसानको माग
सारांश
- काठमाडौँ ।
- चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् ।
- आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरूले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् ।
काठमाडौँ । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् ।आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरूले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन् ।
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर रु १४ ले किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताउनुभयो ।
दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उहाँले दूधको मूल्य बढ्न नसके किसान पलायन हुने अवस्था आउने बताउनुभयो । उहाँले किसान परिचयपत्रको व्यवस्था र आवश्यकअनुसारको अनुदानको व्यवस्था गर्न माग गर्नुभयो ।
“कृषि तथा दुग्ध सहकारीको तथा व्यावसायिक फार्मको भौतिक पूर्वाधारमा राज्यले ८० प्रतिशत अनुदान दिनुपर्छ”, उहाँले भन्नुभयो, “कृषि कर्जालाई थप व्यवस्थित बनाउनुपर्छ ।”
कृषक समाजका सल्लाहकार भगीरथ तिमल्सिनाले दूधको मूल्य राम्रो नभएको र किसानले नाफा अनुदान नपाएकै कारण पशुपालन धरासायी बन्दै गएको बताउनुभयो ।
राज्यकै नीतिका कारण किसान दिनप्रतिदिन विदेश पलायन भइरहेको उहाँको भनाइ छ । नेपालमा २२ लाख घर परिवार दूध उत्पादन गरेर आत्मनिर्भर बनेको समाजले जनाएको छ । रासस
Registrera
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.