९० करोडको गुरुयोजनामा धारापानीको पर्यटन प्रवद्र्धन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
४५ पटक हेरिएको
Shares
९० करोडको गुरुयोजनामा धारापानीको पर्यटन प्रवद्र्धन

सारांश

  • काठमाडौँ,१६ पुस ।
  • दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै रु ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ ।
  • यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करीब रु ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताउनुभयो ।

काठमाडौँ,१६ पुस । दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै रु ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ ।

यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करीब रु ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताउनुभयो । “पहिले हामीले करीब रु ७० करोडको गुरुयोजना बनाएका थियौँ । सो गुरुयोजनाबाट केही काम सम्पन्न पनि भइसकेका छन्”, उहाँले भन्नुभयो, “पहिलेको गुरुयोजनाको केही छुटेको थियो त्यसलाई समेटेर अब बृहत् गुरुयोजना भन्दैछ यसको तयारीमा हामी जुटेका छौँ ।” नयाँ गुरुयोजनामा धाम वरपरको वन क्षेत्रलाई संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करीब चार बिघा क्षेत्रफलमा ढुङ्गा सयर गर्ने खालको ताल निर्माण गर्ने, धामसँग धार्मिक सम्बन्ध रहेको धामदेखि करीब दुई किलोमिटर माथि सुनकोट डाँडोमा ३१ क्विन्टलको घण्ट निर्माण, सुनकोटसम्म पुग्नाका लागि चार हजार ९६३ सिँढी निर्माण गर्ने छन् ।

सिँढी निर्माण गर्दा एक जना दाताले एउटा मात्रै सिँढी निर्माण गर्न पाउने छ । यसअघिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा ॐ पोखरी निर्माण १०८ गौमुखी धारा निर्माण, १०८ वरपीपल रोपनलगायतका कार्य सम्पन्न भइसकेको सचिव आचार्यले बताउनुभयो । अहिले गुरुयोजनाको लागि कानूनी प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश नं ५ ले यस आर्थिक वर्षमा धारापानी धामको पर्यटन विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
महासचिव घनश्याम भुसाललाई पितृशोक
महासचिव घनश्याम भुसाललाई पितृशोक
श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
काठमाडाैमै पानीकाे हाहाकार, स्थानिय बसाइँ सर्न थाले
काठमाडाैमै पानीकाे हाहाकार, स्थानिय बसाइँ सर्न थाले
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल
एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल
उपभोक्ता संरक्षण विधेयक स्वीकृत
उपभोक्ता संरक्षण विधेयक स्वीकृत
ब्रिटिस पेट्रोलियमको वार्षिक नाफा ४ अर्ब डलरले घट्यो
ब्रिटिस पेट्रोलियमको वार्षिक नाफा ४ अर्ब डलरले घट्यो
मतदातालाई चकलेटमा फकाउदै दल, चकलेटकै खोलमा कांग्रेस र लोसपाको चुनाव चिह्न
मतदातालाई चकलेटमा फकाउदै दल, चकलेटकै खोलमा कांग्रेस र लोसपाको चुनाव चिह्न
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन