आज सुनको मूल्य बढ्यो
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
- कारोबार साताको तेश्रो दिन मंगलबार बढेको सुनको मूल्य आज कारोबार साताको चौथो दिन बुधबार पनि बढेको हो ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । कारोबार साताको तेश्रो दिन मंगलबार बढेको सुनको मूल्य आज कारोबार साताको चौथो दिन बुधबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार रुपैयाँले बढेसँगै छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया