आज स्ववियु निर्वाचन, निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ५, २०७९
|
|
३० पटक हेरिएको
Shares
आज स्ववियु निर्वाचन, निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल

सारांश

  • काठमाडौं।
  • चौध वर्षपछि विद्यार्थी संगठनहरुको स्ववियु निर्वाचन आज हुँदैछ।
  • त्रिवि अन्तर्गतका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्।

काठमाडौं। चौध वर्षपछि विद्यार्थी संगठनहरुको स्ववियु निर्वाचन आज हुँदैछ। त्रिवि अन्तर्गतका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। तर विद्यार्थी संगठनहरुबीचको विवादका कारण आज आङ्गिक तर्फका ४८ वटा क्यम्पसमा मात्रै निर्वाचन हुँदैछ।

आंगिकतर्फका एक दर्जन क्याम्पसमा भने निर्वाचन के हुने भन्ने अझै टुंगाे छैन। लामो अन्तरालमा हुन लागेको निर्वाचनबाट विद्यार्थीहरु उत्साहित भएपनि विद्यार्थी भर्ना संख्या लगायत विषयलाई लिएर उत्पन्न विवादका कारण विद्यार्थी संगठनहरुले क्याम्पसमा ताल्चा लगाएका छन्। तर प्रधानमन्त्री स्वयम् नै कुलपति हुने विश्व विद्यालयको निर्वाचनमा सुरक्षा व्यवस्थापन चुस्त बनाइएको छ।

स्ववियु निर्वाचनमा मतदानका लागि आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ। एक लाख ७० हजार विधार्थीले मतदान गर्ने प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य निर्वाचित हुनेछन्। यसैगरि उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक प्रणाली मार्फत चयन हुनेछन्।

यसैबीच त्रिभुवन विश्वविद्यालयले आज हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ। त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले विज्ञप्ति जारी गर्दै विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न अपिल गरेका छन्।

उनले सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार नागरिक समाज सबैलाई निर्वाचन सम्पन्न नहुन्जेलसम्म आवश्यक सहयोग गर्न अपिल गरेका हुन्। स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको उनले जानकारी दिए।

त्रिविले प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन। स्ववियु निर्वाचनको मतदान आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?