मेडोनालाई १० मिनेटको प्रस्तुतीको लागि यति धेरै पारिश्रमिक, अहिलेसम्मको सबैभन्दा महंगो डील
सारांश
- काठमाडौं।
- कटेरियल गर्ल गायिका मेडोना अर्को महिना इजरायलमा हुने युरोभिजन सङ्ग कन्टेस्टमा प्स्तुती दिन जाँदैछिन् ।
- यो प्रस्तुतीको लागि आयोजकले उनलाई मिलियन डलर (११ करोड १० लाख नेपाली रुपैयाँ) दिनेछन् ।
काठमाडौं। कटेरियल गर्ल गायिका मेडोना अर्को महिना इजरायलमा हुने युरोभिजन सङ्ग कन्टेस्टमा प्स्तुती दिन जाँदैछिन् । यो प्रस्तुतीको लागि आयोजकले उनलाई मिलियन डलर (११ करोड १० लाख नेपाली रुपैयाँ) दिनेछन् । ६० वर्षकी मेडोना यो कार्यक्रममा अतिथिको रुपमा सहभागी हुनेछिन् ।
कार्यक्रमा इजरायलको तेल अभिभमा हुनेछ । यो कार्यक्रममा मेडोनाले २ गीतमा प्रस्तुती दिनेछिन् । यसको लागि मेडोनासँगै १६० जनाको टिम जानेछ । युरोपियन ब्रोडकास्टिङ युनियनका अनुसार यो अहिलेसम्मको सबेभन्दा महंगो बुकिङ हो । ६ सन्तानकी आमा मेडोना चौथो पटक इजरायल जान लागेकी हुन् । यसअघि उनी १९९३, २००९, २०१२ मा यहाँ शो गर्न गइसकेकी छिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया