बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
४९ पटक हेरिएको
Shares
बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन

सारांश

  • गाईघाट, उदयपुर, ९ पुस , सगरमाथाको गाईघाट दिक्तल सडक मार्गअन्तर्गत उदयपुर र खोटाङ जिल्लाको बीचमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिबृज जडान कार्य सम्पन्न भएपछि शनिबारदेखि उदयपुरको सदरमुकाम गाईघाटबाट खोटाङको दिक्तेलसम्म सिधै यातायात सेवा सञ्चालन भएको छ ।
  • सुनकोशी नदीमा १५ दिन अघिदेखि जडान कार्य शुरु गरिएको बेलिबृज शनिबार बिहान सम्पन्न भएपछि गाईघाट दिक्तेल सडकखण्डमा यातायातका साधन सञ्चालन शुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका इञ्जिनियर कमलप्रसाद यादवले बताउनुभयो ।
  • सुनकोशी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा खोलिएको उक्त बेलिबृज अहिले हिउँद लागेर पानीको बहाव घटेसँगै जडान कार्य भएर पुनः गाईघाट दिक्तेल यातायात सञ्चालन भएको गाईघाट दिक्तेल सडक कार्यालयले जनाएको छ ।

गाईघाट, उदयपुर, ९ पुस , सगरमाथाको गाईघाट दिक्तल सडक मार्गअन्तर्गत उदयपुर र खोटाङ जिल्लाको बीचमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिबृज जडान कार्य सम्पन्न भएपछि शनिबारदेखि उदयपुरको सदरमुकाम गाईघाटबाट खोटाङको दिक्तेलसम्म सिधै यातायात सेवा सञ्चालन भएको छ ।

सुनकोशी नदीमा १५ दिन अघिदेखि जडान कार्य शुरु गरिएको बेलिबृज शनिबार बिहान सम्पन्न भएपछि गाईघाट दिक्तेल सडकखण्डमा यातायातका साधन सञ्चालन शुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका इञ्जिनियर कमलप्रसाद यादवले बताउनुभयो ।

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा खोलिएको उक्त बेलिबृज अहिले हिउँद लागेर पानीको बहाव घटेसँगै जडान कार्य भएर पुनः गाईघाट दिक्तेल यातायात सञ्चालन भएको गाईघाट दिक्तेल सडक कार्यालयले जनाएको छ ।

अब उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ र खोटाङदेखि सिधै उदयपुर हुँदै तराईका विभिन्न जिल्लासम्म यातायातका साधन सञ्चालन गर्न सहज भएको कारण यात्रुलाई पैदलयात्रा गर्न नपर्ने र यात्रा सहज भएको हिमाली यातायात व्यवसायी संघ उदयपुरका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

यस्तै तराईबाट उदयपुर भएर खोटाङसम्म विभिन्न दैनिक उपभोग्य वस्तु ढुवानी गर्न पनि सहज भएको खोटाङ बतासेका एक व्यापारी बद्रीकुमार श्रेष्ठ बताउनु हुन्छ ।

अहिलेसम्म पनि सुनकोशी नदीमा स्थायी पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा गाईघाट दिक्तेल सडकखण्डमा वर्षायाममा यातायात सुचारु नहुने हुनाले वर्षमा सात महिना उक्त सडकखण्ड बन्द हुने र हिउँदमा पाँच महिना सुनकोशी नदीमा बेलिबृजको जडानपछि मात्र यातायात सञ्चालन हुने हुनाले बेलिबृजको भरपर्दै आउन परेको कुरा यातायात व्यवसायी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ
छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ
महासचिव विष्णु पौडेलको जन्मदिन, केक काटेर सुरु भयो नेकपा सचिवालय बैठक
महासचिव विष्णु पौडेलको जन्मदिन, केक काटेर सुरु भयो नेकपा सचिवालय बैठक
कस्तो रहला आइतबार देशभरको मौसम?
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
मुख्यमन्त्रीले गरे आफ्नी छोरीको भर्ना सरकारी विद्यालयमा
मुख्यमन्त्रीले गरे आफ्नी छोरीको भर्ना सरकारी विद्यालयमा
क्युवामा विमान दुर्घटना, १ सय भन्दा बढीको मृत्यु
क्युवामा विमान दुर्घटना, १ सय भन्दा बढीको मृत्यु
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोट : उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार
विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोट : उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित
माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित