काठमाडौं क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
काठमाडौं क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित !

सारांश

  • प्रतिनिधि  सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित भएको छ।
  • शुक्रबार मध्यरातसम्म चलेको मतगणनाका बेला मुचुल्कामा उल्लेख गरिएको भन्दा बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद सुरु भएको थियो ।
  • काठमाडौं ५ मा शुक्रबार साँझ नै मतगणना स्थगित भएको थियो।

प्रतिनिधि  सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित भएको छ।

शुक्रबार मध्यरातसम्म चलेको मतगणनाका बेला मुचुल्कामा उल्लेख गरिएको भन्दा बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद सुरु भएको थियो ।

काठमाडौं ५ मा शुक्रबार साँझ नै मतगणना स्थगित भएको थियो। मुख्य निर्वाचन अधिकारी समेतको उपस्थितिमा विवाद मिलाउने प्रयास गरिए पनि विवाद नमिलेपछि मतगणना स्थगित भएको हो ।

त्यस्तै, क्षेत्र नं ७ मा पनि सोही समस्या देखिएपछि निर्वाचन स्थगित भएको हो। काठमाडौं निर्वाचन क्षेत्र नं ५ र ७ को मत गणना स्थल सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा अहिले सुरक्षाघेराभित्र मतपेटिका राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?