आन्दोलनकारीहरुले फेरि जलाए प्रहरीको बिट

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
१६ पटक हेरिएको
Shares
आन्दोलनकारीहरुले फेरि जलाए प्रहरीको बिट

सारांश

  • काठमाडौं ।
  • बालाजु क्षेत्रका आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटलाई पनि जलाएको छ ।
  • आज दिनभरी आन्दोलनरत रहेका मजदुरहरुले यस क्षेत्रमा केहीसमय पहिले प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका थिए ।

काठमाडौं । बालाजु क्षेत्रका आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटलाई पनि जलाएको छ ।

आज दिनभरी आन्दोलनरत रहेका मजदुरहरुले यस क्षेत्रमा केहीसमय पहिले प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका थिए । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलन गरिरहेका आक्रोसित मजदुरहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।

आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?