न्यायिक समितिले गर्यो सबै मुद्दाको फैसला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
१७ पटक हेरिएको
Shares
न्यायिक समितिले गर्यो सबै मुद्दाको फैसला

सारांश

  • काठमाडौँ, ११ वैशाख ।
  •   काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेको छ ।
  • कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गत असारमा गठन भएको कामपाको न्यायिक समितिमा हालसम्म ६० वटा मुद्दा आएका थिए ।

काठमाडौँ, ११ वैशाख ।  काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेको छ ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गत असारमा गठन भएको कामपाको न्यायिक समितिमा हालसम्म ६० वटा मुद्दा आएका थिए ।

आएका सबै मुद्दा फैसला भइसकेको कामपाका उपप्रमुख श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दैनिक सरदर पाँचदेखि सातवटासम्म मुद्दा आउने गरेको छ, ती सबै तत्काल फैसला हुन्छन् ।”

श्रीमान् श्रीमतीबीचको सम्बन्धबिच्छेद, लामो समय भाडामा बस्ने र भाडा नदिई कोठा छोड्ने, छिमेकीले बाटो मिचेको जस्ता मुद्दा आउने गरेको कामपाले जनाएको छ ।

संयोजकमा उपप्रमुख खड्गी, सदस्यमा वडा नम्बर ३१ का सदस्य सरोज ढकाल, वडा नम्बर १६ का दलित महिला सदस्य बबि परियार रहनुभएको छ । गतबर्ष वैशाखमा स्थानीय तहको निर्वचनपछि मात्र कामपाको न्यायिक समिति गठन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?