नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना

सारांश

  • काठमाडौं, २८ अुाेज ।
  • निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएसँगै झन्डै साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बनमुक्त हुने सम्भावना बढेको छ।
  • यससम्बन्धमा कानुनी र व्यावहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न निर्वाचित क्यानले कात्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाएको छ।

काठमाडौं, २८ अुाेज । निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएसँगै झन्डै साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बनमुक्त हुने सम्भावना बढेको छ।यससम्बन्धमा कानुनी र व्यावहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न निर्वाचित क्यानले कात्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाएको छ।

नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासमा सधैं जिम्मेवार र सहयोगी भूमिकामा प्रस्तुत भइरहेको शनिबार एक विज्ञप्ति जारी गर्दैै निर्वाचित क्यानले दाबी गरेको छ। ‘हामी सुरुआतबाट नै आइसिसीले गठन गरेको सल्लाहकार समूह र मोनिटरिङ कमिटीमा सहभागी भएर मात्रै हैन, आइसिसी र अन्य सरोकारवालाहरूले भनेझंै परिमार्जित विधानलाई विशेष साधारणसभाबाट हुबहु पारित गरेर नेपाली क्रिकेटलाई निलम्बनमुक्त बनाउने प्रक्रियामा सहयोग पु-याइरहेका छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘हाम्रै जिम्मेवारीपूर्ण र रचनात्मक सहयोगका कारण नै पुरानो विधानलाई संशोधन गरी संशोधित विधानअनुसार जिल्ला निर्वाचनसमेत सम्पन्न भइसकेको छ।’

 हाल परिमार्जित विधानअनुसार गठन भएको पाँच सदस्यीय मोनिटरिङ कमिटीले जिल्ला निर्वाचनको अध्ययन गरिरहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘मोनिटरिङ समितिले आफ्नो प्रतिवेदन बुझाएपछि सम्पन्न हुने प्रदेश र केन्द्रको निर्वाचनसँगै आइसिसीले क्यानमाथिको निलम्बन फुकुवा गर्ने हाम्रो विश्वास छ।’ ‘यही सन्दर्भमा हामीले यसअघि सम्मानित सर्वोच्च अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा पनि केही चासो व्यक्त भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘आइसिसीबाट समेत यस सम्बन्धमा चासो व्यक्त भएको हुँदा हामीले यसअघि आइसिसी र अन्य सरोकारवाला व्यक्ति र निकायसँगको छलफलमा गरेको प्रतिबद्धताअनुसार सम्मानित सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दालाई फिर्ता लिने प्रकृया अघि बढाएका छौें।’  यो प्रयासले नेपाली क्रिकेटको निलम्बन फुकुवाको प्रकृया अझ सहज हुने निर्वाचित क्यानको विश्वास रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?