आफू काम बिगार्ने, आरोप मलाई लगाउने ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
आफू काम बिगार्ने, आरोप मलाई लगाउने ?

सारांश

  • नेपाल टेलिकमको कार्यसम्पादन सन्तोषजनक नभएको कारण सरकारले प्रबन्ध निर्देशक कामिनी राजभण्डारीसँग स्पष्टिकरण सोधेको छ ।
  • मलाई कामिनीको अनुहारसँग रिस उठेको होइन ।
  • विभागीय मन्त्रीका हैसियतले मैले जानेको कुरा भनेको नेपाल टेलिकम एक नम्बरको संस्था हुनुप¥यो भन्ने मात्रै हो ।

नेपाल टेलिकमको कार्यसम्पादन सन्तोषजनक नभएको कारण सरकारले प्रबन्ध निर्देशक कामिनी राजभण्डारीसँग स्पष्टिकरण सोधेको छ । मलाई कामिनीको अनुहारसँग रिस उठेको होइन ।

विभागीय मन्त्रीका हैसियतले मैले जानेको कुरा भनेको नेपाल टेलिकम एक नम्बरको संस्था हुनुप¥यो भन्ने मात्रै हो । हाम्रो देशमा फलामको टावर ठड्याएर विदेशीलाई अर्बौं रुपैयाँ दिने कुरा म मान्दै मान्दिनँ । चन्दा बाँडेर टेलिकम एक नम्बरको कम्पनी हुँदैन । आज नेपाल टेलिकमले संसार ढाकिसक्यो भने जसरी नक्कली कुरा प्रचार गरिएको छ ।

दूरसञ्चार प्राधिकरण र युटिएलबीच प्रदेश ४ र ५ मा अप्टिकल फाइबर बिच्छ्याउने सम्झौता भयो । त्यसबापत आइडिएफ फण्डका दुई अर्ब १० करोड रुपैयाँ निकासा पनि पायो । तर, युटिएलले त्यही परियोजना लगेर अर्को भारतीय कम्पनीलाई बेचिदियो । नेपालको पैसामा काम गर्छु भन्ने । त्यही नाममा सम्झौता पनि गर्ने । तर, यहाँबाट पैसा लगेर अर्कोलाई बेच्ने ? यस्तो काम म कदापि हुन दिन्नँ ।

अहिले पनि केही व्यक्ति सञ्चार मन्त्रालय मधेसी दललाई दिनुप¥यो भन्नेमा छन् । कारण हो, युटिएलको २३ करोड बक्यौता । चौधरी ग्रुपले नेपाल टेलिकमलाई इन्टरकनेक्सनबापत १० करोड २७ लाख तिर्नु छ । सरकारी पैसा करोडौँ–करोडौँ मारिदिने, यिनीहरुचाहिँ खर्वपति बनेर हिँड्ने ? र तिनको लाइसेन्स मैले नविकरण गरिदिनु पर्ने ? मैले त्यही भएर क्याबिनेटबाट इजातपत्रलगायत जम्मै रोकिदिएको हुँ । मैले चालेको कदम देश जोगाउन हो । हाम्रो पुँजी पलायन रोक्नलाई हो । निजी कम्पनीलाई दुई अर्ब १० करोड रुपैयाँ दिइएको छ, अनुदानमा । त्यो पनि अरुलाई ठेक्कामा बेच्न पाइन्छ ? त्यसोभए मलाई १० अर्ब पैसा दिए भयो, म पनि मन्त्रालय बेचिदिन्छु ! मिल्छ यस्तो गर्न ? मैले यस्तो कदम चालेपछि अनेकथरि दबाब आउन थालेको छ । हामीले फोरजी दिँदैनौँ भनेकै होइन ।

नेपाल टेलिकमको गुणस्तर सुधार गर्न मन्त्रालयले हुवावेइले ५२ लाख लाइन विस्तार गर्ने गरी तीन अर्ब ४८ करोड ५० लाख ६८ हजार रुपैयाँको सम्झौता गरेको थियो, सन् २०१२ मा । मैले भनेँ, ‘सन् २०१२ मा काम शुरु गरेर ०१८ मा पनि नसक्ने ? त्यही समयमा एनसेललाई २१ शहरमा विस्तार गरेर नेपाल कालोसूचीमा राखिदिऊँ । मेरो देश तल पर्ने गरी तिमीसँग मित्रता गाँस्ने ? यस्तो हुँदैन । मित्रता शक्तिमा खोजेको कि समानतामा ?’ काम गर्न नसकेपछि उनीहरु (टेलिकम र हुवावेइ) बीच एकापसमा पोल खोलाखोल भएको छ । अहिले हुवावेइवालाहरु पनि कामिनी हटाऊ भन्नेमा छन् । कामिनी कहाँ–कहाँ पुगिनन् ? त्यसैले मैले क्याबिनेटबाट सोमबार स्पष्टिकरण सोध्ने निर्णय गराएको हुँ । नेपाल टेलिभिजनबाट कार्यकारी अध्यक्ष महेश दाहालको राजीनामा मागेँ, दिए उनले । भाष्करराज कर्णिकारको चार करोड बक्यौता थियो । त्यो पनि उठाइदिएँ । १५ दिनभित्र तिर, नत्र कारवाही गर्छु भनेर पत्र काटेको थिएँ ।

त्यसो गर्दा अर्को एउटाले पनि दुई करोड बक्यौता बुझायो । नेपाल टेलिभिजनको ६ करोड बक्यौता यसरी उठेको छ । नेपाल टेलिकमको पनि यो वर्ष माइनस दुई अर्ब हुँदैछ । कूल आम्दानी घट्दैछ, बैंकको आम्दानीले मात्र टिक्दैछ । कामिनीलाई १० बुँदे स्पष्टिकरण सोधेको, मन्त्रिपरिषद्को बैठक बस्नुअघि नै विभिन्न अनलाइनले १२ बुँदे जवाफ हाल्न भ्याए । मैले भनेँ, ‘मलाई मोबाइल सेट दिएर चित्त बुझाउन खोज्ने होइन ।’ मलाई चाहिएको भनेको, टेलिकमको सेवा देशभर पुग्नुप¥यो, यसले नाफा कमाउनुप¥यो । त्यत्रो जनसंख्या भएको तराईमा टावर राख्नुपर्छ भनेर दुई वर्षदेखि भनेको, अझै राखेको छैन । एक करोड जनता भएको ठाउँमा टावर नराख्ने । डोल्पा र घुन्सा गएर भिस्याटमा चलाएँ भने ? चौधरी ग्रुपलाई लाइसेन्स दिनुप¥यो भनेर थुप्रै नेताले भन्नुभयो । अहिले केही शक्तिकेन्द्र यसो भन्दैछन् ‘गोकुल बाँस्कोटा बरु फुलमन्त्री खान अन्त जाओस्, सञ्चारबाट हटाइयोस् ।’ यहाँ दुई सय अर्बको कारोबार यसै वर्ष छ । फोरजीको १८ अर्ब त केही पनि होइन । हुवावेइले ल्याओस् कि जसले ल्याओस्, आइहाल्छ । अब हामीसँग मार्केटमा जाने समय ९ महिनाभन्दा बढी छैन । खास कुराचाहिँ टावर बनाउने रहेछ । एउटा टावर बनाउन ३५ देखि ५० लाख लाग्छ । हरेक कम्पनीले एउटा घरमा तीनवटासम्म टावर राखेका छन् । त्यसो गर्दा भँगेराको पनि सत्यानास भयो । मैले सोधेँ, एउटै घरमा तीनवटा टावर किन ? एउटै टावरबाट नेपाल टेलिकम, एनसेल, युटिएल, स्मार्टदेखि सबै मोबाइल प्रदायक हिँडौँ न सबै सेवाप्रदायकको एउटै दूरसञ्चार पूर्वाधार कम्पनी बनाआँै । अप्टिकल फाइबर, एकीकृृत टावरहरु आफैँ हालौँ । जस्तो कि, एनटिएले १० अर्ब हाले एनटिसीले २० अर्ब हालौँ, यसरी ३० अर्ब सरकारी भयो । एनसेलले १५ र युटिएलले पनि हाले भयो । अजेय सुमार्गीको स्मार्टले पनि हाले भयो । सबैले हालेर एउटा कम्पनी बनाए पारदर्शी हुन्छ, सरकारको नियमन हुन्छ ।

अहिलेसम्म ८–९ सय टावर बनेका छन् । हरेकका दुई हजार, बाइससय, पच्चीस सय टावर हुन्छन् । हामीलाई देशभर जम्मा १६–१७ हजार टावर चाहिन्छ, भिस्याटबाहेक । मिलेर टावर बनाऔँ भन्ने मेरो भनाइ हो । तर, एनटिएले टावर कम्पनीका लागि विदेशी पार्टीसँग आह्वान ग¥यो । विदेशीलाई ठेक्का बेच्ने रे † तीन कम्पनी भयो भने हरेकलाई डेढ लाख रुपैयाँ चार्ज गर्ने रे । यसरी तीनवटाबाट महिनावारी ६ लाख हुने भयो । १२ महिनाको ७२ लाख आउने भयो । ७२ लाख त आउने भयो, तर एवान टावर बनाउन ७५ लाखदेखि एक करोड लाग्छ । हाम्रो रेञ्जको ठीकै टावर बनाउन ३५ देखि ५० लाख लाग्छ । ७५ लाखले नै टावर बनेछ भने पनि एक वर्षमा लगानी उठ्छ । पाँच वर्षभित्र सम्पूर्ण लगानी उठ्छ । विदेशीलाई दिँदा ७५ अर्ब खर्च हुने भयो । नटबोल्ट कस्ने ज्यामीबाहेक नेपालीले काम पाउने हैनन् । सामान सबै विदेशबाट ल्याउने हो । एक सय अर्ब खर्च भयो भने पनि ७५ अर्बको सामान बाहिरबाट किन्ने हो ।

विदेशी कम्पनीले १० हजार टावर बनाउँदा ६ लाख रुपैयाँले सात सय २० अर्ब नेपाली पैसा हरेक वर्ष विदेश जान्छ । अहिले सय अर्ब लागनी गर्न नसकेर विदेशीलाई दिने, तर विदेशीले पाँच वर्षपछि यहीँबाट वर्षेनी पाँच अर्ब मुनाफा लैजाने भएपछि हाम्रो अर्थतन्त्र टाट पल्टिदैन ? पाँच सय अर्ब भनेको प्रतिवर्ष पाँच अर्ब डलर हो । हाम्रो वार्षिक सञ्चित डलर कति हो ? १२ अर्ब पुग्दैन होला । पाँच अर्ब टेलिकम कम्पनीलाई मात्रै तिरेर बाहिर पठाउनुप¥यो भने देश कहाँ पुग्छ ? अहिले विकास विरोधी, टेलिकम विरोधी म हुनुपर्ने ? नेपाल टेलिकमको ५५ अर्ब पैसा बैंकमा कुहाएर राख्नुभन्दा २५ अर्ब यही टावर बनाउनलाई लगानी गर भन्ने मेरो भनाइ हो । एनटिएले पनि १० अर्ब हाले भयो । सरकारी लगानी नै ३५ अर्ब हुन्छ, त्यसमा अरु निजी सेवा प्रदायक पनि मिसिए भयो । सुविसु, वल्र्ड लिंकलगायत टेक्नोलोजीमा काम गर्ने सबै कम्पनी मिसिए भयो । त्यसो गर्दा ५०–६० अर्ब पैसा हामी यहीँ निकाल्छौँ । दुई वर्षभित्र सय अर्ब पैसा निकाल्न सक्छौँ । प्राविधिक सामानबाहेक विदेशीसँग केही किन्नुपर्दैन ।

(गोकुल बास्कोटा )

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Purna Khadka

    वा वा ! यस्तो पो मन्त्री ।

    Comment Author

    Chhatra Bahadur Shrestha

    एकदम सहि हो

    Comment Author

    Shyam Dc

    मन्त्री भनेको यस्तो पो हुनु पर्छ

    Comment Author

    Milan Xr

    Ryaro bau sala van muji

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?