इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..

सारांश

  • काठमाडाै, २९ असाेज।
  •   प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले आफ्नो संलग्नता स्वीकारेका छन्।
  • महानगरीय प्रहरी वृत्त गौशालामा राखिएका उनले सुन तस्करी अनुसन्धान गरिरहेका सरकारी अधिकारीसँगको बयानमा आफूले युनाइटेड अरब इमिरेटसको दुबईमा बसेर सुन काठमाडौं पठाउने गरेको बताएका हुन्।

काठमाडाै, २९ असाेज।  प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले आफ्नो संलग्नता स्वीकारेका छन्।महानगरीय प्रहरी वृत्त गौशालामा राखिएका उनले सुन तस्करी अनुसन्धान गरिरहेका सरकारी अधिकारीसँगको बयानमा आफूले युनाइटेड अरब इमिरेटसको दुबईमा बसेर सुन काठमाडौं पठाउने गरेको बताएका हुन्। सरकारले २० चैत २०७४ मा गठन गरेको उच्च स्तरीय अनुसन्धान टोलीका तत्कालिन संयोजक सहसचिव ईश्वरराज पौडेल, एसएसपी बसन्त लामा र डिएसपी सुदिपराज पाठकले श्रेष्ठसँग कुराकानी गरेका हुन्। 

इन्टरपोलको दुबई नेशनल सेन्ट्रल ब्युरोले उनलाई साउन १० मा पक्राउ गरेको थियो। श्रेष्ठलाई आईतबार साँझ काठमाडौं पठाएको थियो। उनीसँग सोमबार बिहान सरकारी टोलीले कुराकानी गरेको हो। टोलीमा सहभागी रहेका एक अधिकारीका अनुसार ३३ वर्षीय बेनु श्रेष्ठले सुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरे पनि मुख्य लगानीकर्ता र सुन तस्करी सञ्जालका अन्य सदस्यको नाम खुलाएनन्। उनले बारम्बार अर्का फरार आरोपी हरिशरण खड्काको नाम लिएका थिए।

‘श्रेष्ठ गोरेसँगको सहकार्यमा सुन तस्करीको व्यवस्थापन हेर्ने ब्यक्ति हुन्। केही ब्यक्तिहरुका बिषयमा बुझ्न उनीसँग बयान लिने काम भएको हो। तर पूरा तालिमप्राप्त गरेजस्तो बनिबनाऊ जवाफ अायाे। केही खुलेन’, एक सरकारी अधिकारीले भने। उनका अनुसार बेनुले आफूले २०७१ देखि सुन तस्करीको संगठित सञ्जालको सक्रिय सदस्य भएर काम गरिरहेको स्वीकारेका छन्। उनले बयानमा केन्द्रीय अनुसन्धान ब्यूरोले २०७३ पुस २१ मा विमानस्थल बाहिरबाट बरामद गरेको साढे ३३ किलो सुनमा आफ्नो समेत लगानी रहेको उल्लेख गरे।

‘सिआईबीले मेरो पनि लगानी रहेको सुन बरामद गरेपछि काठमाडौंमा भएको सुन पसल बेचेर दुबई गएको हुँ। सुन ओसारपसार गरेको हो। मुख्य ब्यक्ति को हो त्यो मलाई थाह भएन’, सरकारी अधिकारी समक्ष बेनु श्रेष्ठले भनेका छन्, ‘म, हरिशरण, रोशन र गोरे सबै मिडिल म्यानको काम गर्ने हो।’

सुनसरीको ईटहरी उप महानगरपालिका –६ स्थायी ठेगाना भएका बेनुले काठमाडौं नयाँ सडक धर्मपथमा चाँदनी सुनचाँदी पसल सञ्चालन गरेको थिए। २०७१ मा स्थापना भएको सुन पसल तस्करी भएर आएको सुन व्यवस्थापनका लागि खोलिएको थियो। त्यहीँबाट नेपाल भित्रिएको अवैध सुन बेचबिखन हुने गरेको थियो। बेनुले इटहरीमा समेत सुन पसल सञ्चालन गर्थे। त्यहाँको पसलबाट अवैध सुन भारत पठाउने गरिन्थ्यो। २०७३ पुसमा ब्युरोले कारवाही थालेपछि बेनु भागेर दुबई पुगेका थिए। उनले त्यतैबाट तस्करीलाई निरन्तरता दिएका थिए।

‘उसले दिएको बयान र अनुसन्धानमा खुलेको तथ्य मेल खान्छ। सप्लाई चेनको मुख्य ब्यक्ति उ नै हो। अन्यका बिषयमा हामी खोजी गरिरहेका छौं,’ अनुसन्धानमा संलगन सरकारी अधिकारीले भने।

बेनुले टेकलाई चिन्दिनँ भनेपछि…

२०७४ फागुनमा उर्लाबारीका सनम शाक्यको निर्ममता पूर्वक हत्यापछि सुन तस्करी प्रकरण र यसको संगठित जालोका बिषयमा खोजबिन सुरु भएको थियो। १८ फागुन २०७३ मा सनमको शवसहित पक्राउ परेका टेकराज मल्ल सुन तस्करी संजालका मुख्य सदस्य थिए।

उनले अदालतमा दिएको बयानमा आफु बेनु श्रेष्ठको सुन पसलमा कामगर्ने गरेको र उनले नै आफूलाई सुन ओसारपसारमा संलग्न गराएको बयान दिएका छन्। सोमबार बिहान वृत्त गौशालामा रहेका बेनुसँग अनुसन्धान अधिकारीहरुले टेकराजका बिषयमा पहिलो प्रश्न गरेका थिए। तर बेनुले उल्टो को टेक? भनेर प्रतिप्रश्न गरेपछि अनुसन्धान अधिकारी केहीबेर अलमलमा परे।

वृत्तमा करिब डेढ घण्टा लामो बयानमा एकपछि अर्को प्रमाण देखाउँदै र तथ्यसहित अनुसन्धान अधिकारीले प्रश्न तेस्र्याएपछि भने बेनुले सबै बेलिबिस्तार लगाएका थिए। उनले आफ्नोसहित सुन तस्करीमा रोशन भुसाल, हरिशरण खड्का, रमेश उप्रेती र गोरेको संलग्नता र जिम्मेबारी खुलाएका थिए।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो काठमाडौंमार्फत इन्टरपोल मुख्यालयले बेनुसहित सुन तस्करीका मुख्य नाईके एमके मामा भन्ने मोहनकुमार अग्रवाल, रमेश उप्रेती र हरिशरण खड्काविरुद्ध जून १८ मा रेड नोटिस जारी गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?