सांसद सहितको टोलीलाई कसले बनायो बन्धक ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
३८ पटक हेरिएको
Shares
सांसद सहितको टोलीलाई कसले बनायो बन्धक ?

सारांश

  • बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार राति ६५ राउण्ड हवाइ फायर भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार नरैनापुर–४ को हाटबजारमा कपडा बेच्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्मालाई प्रहरीले साँझ ५ बजे पाँच किलो चरेशसहित पक्राउ गरेको थियो ।
  • विकको रिहाइको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले राति ९ बजेसम्म ६५ राउण्ड हवाइ फायर गरेको डीएसपी सापकोटाले बताए ।

बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार राति ६५ राउण्ड हवाइ फायर भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार नरैनापुर–४ को हाटबजारमा कपडा बेच्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्मालाई प्रहरीले साँझ ५ बजे पाँच किलो चरेशसहित पक्राउ गरेको थियो । विकको रिहाइको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले राति ९ बजेसम्म ६५ राउण्ड हवाइ फायर गरेको डीएसपी सापकोटाले बताए । झडपका क्रममा सशस्त्र प्रहरीका दुई र नेपाल प्रहरीका एक जवान घाइते भएका थिए ।

आफ्नो निर्वाचन क्षेत्रको स्थलगत निरीक्षण गरेर नेपालगन्ज फर्कँदै गरेकी बाँकेको क्षेत्र नं. १ ‘क’ बाट निर्वा्चित प्रदेश ५ की सांसद कृष्णा केसी ‘नमूना’सहित पत्रकारको टोलीलाई पनि ६ बजेतिर स्थानीयले ४ घण्टा घेराबन्दी गरेका थिए। सांसद केसी चढेको गाडीको हावा खोलिदिएका थिए।

नेपालगन्जबाट राति १० बजेतिर थप प्रहरी परिचालन गरी शनिबार सांसद र पत्रकार टोलीलाई बिहान २ बजे नेपालगन्ज ल्याइएको थियो । चरेशसहित पक्राउ गरिएका बिकलाई पनि नेपालगन्जमा ल्याएर कानुनी कारबाही सुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।

सांसद केसीले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आफ्नै निर्वाचन क्षेत्रमा बन्धक बन्नु पर्दा जिल्लाको सुरक्षा अवस्था कमजोर भएको बताइन्। उनले भनिन्, ‘सीमावर्ती क्षेत्रमा स्थानीयको सुरक्षा अवस्था निकै नाजुक छ। यसलाई सुधार गर्न जरुरी छ ।’

यसैबीच नेकपा बाँकेले सांसदमाथि भएको दुर्व्यवहारको घटनाको भत्र्सना गरेको छ। पार्टी सचिव अशोक कोइरालाले घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छन्। अहिले नरैनापुरको स्थिति सामान्य बनिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण प्रधानमन्त्री र मन्त्रीले अपांगता भएकालाई भर्ना गर्न सकेनन्,
यसकारण प्रधानमन्त्री र मन्त्रीले अपांगता भएकालाई भर्ना गर्न सकेनन्,
नेपालका लागि नवनियुक्त भारतीय राजदुत काठमाडौं आए
नेपालका लागि नवनियुक्त भारतीय राजदुत काठमाडौं आए
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
फुलपातिकै दिन ३२ हजार कर्मचारीको जागिर चैट हुँदै !
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि आक्रोशित स्थानीयले गरे आगजनी (फोटो)
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि आक्रोशित स्थानीयले गरे आगजनी (फोटो)
अदालतमा बयान दिनासाथ इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन
अदालतमा बयान दिनासाथ इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन
बागलुङमा पनि मतगणना सुरु
बागलुङमा पनि मतगणना सुरु
प्रचण्ड र ओलीको गम्भिर मन्थन, दुवैले गरे आत्मालोचना
प्रचण्ड र ओलीको गम्भिर मन्थन, दुवैले गरे आत्मालोचना
सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै’
सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै’

तपाईंले छुटाउनुभयो कि?