कास्कीको गगनगौँडामा सवारी दुर्घटना, कुश्मा नगरपालिकाकी उपप्रमुख घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
३७ पटक हेरिएको
Shares
कास्कीको गगनगौँडामा सवारी दुर्घटना, कुश्मा नगरपालिकाकी उपप्रमुख घाइते

सारांश

  • कास्की २  बैशाख ।
  • कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते हुनुभएको छ ।
  • काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना ४ च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो ।

कास्की २  बैशाख ।

कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते हुनुभएको छ ।

काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना ४ च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो । जिपमा सवार उपप्रमुखसहित उहाँकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते हुनुभएको छ । ट्रकको ठक्कर पछि जिप सडकमा पल्टिएको थियो ।

घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?