आयआर्जन गर्न एकल महिलालाई तालीम

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
आयआर्जन गर्न एकल महिलालाई तालीम

सारांश

  • पाल्पा, ८ पुस, एकल महिलाले आयआर्जन गरी जीवनस्तर उकास्नका लागि परालको जुत्ता बनाउने सीप पाएका छन् ।
  • रिब्दीकोट गाउँपालिका आयोजना र गाउँपालिका स्तरीय एकल महिला सञ्चालको संयोजनमा सञ्चालित तालीममा सीप पाएपछि उनीहरु खुशी बनेका छन् ।
  • गाउँपालिकाभित्रका २५ एकल महिलाले पहिलो पटक सीप सिक्न पाएपछि खुशी भएका हुन् ।

पाल्पा, ८ पुस, एकल महिलाले आयआर्जन गरी जीवनस्तर उकास्नका लागि परालको जुत्ता बनाउने सीप पाएका छन् । रिब्दीकोट गाउँपालिका आयोजना र गाउँपालिका स्तरीय एकल महिला सञ्चालको संयोजनमा सञ्चालित तालीममा सीप पाएपछि उनीहरु खुशी बनेका छन् ।

गाउँपालिकाभित्रका २५ एकल महिलाले पहिलो पटक सीप सिक्न पाएपछि खुशी भएका हुन् । तालीममा सिकेको सीप घरमा बसेर पनि जुत्ता बनाएर बेच्न सक्ने छन् । तालीम समापनमा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले सीप सिकेर घरमा बसेर पनि आम्दानी गर्न सक्ने बताउनुभयो । एकल महिलाले स्थानीय स्रोतसाधनको प्रयोग गरी जुत्ता उत्पादन, झिनीया, ढाका सिलाएर राम्रो पैसा कमाउन सक्ने अध्यक्ष जीसीले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले महिलाले आयआर्जन गरी आत्मनिर्भर बन्न आवश्यक रहेकाले सीपको खाँचो रहेको बताउनुभयो ।
प्रशिक्षक गोमा अर्यालले सिकेको सीप प्रयोग गरेमा प्रशस्त पैसा कमाउन सकिने बताउनुभयो ।
रैनादेवी छहरा गाउँपालिकाकी महिला विकास शाखाकी पवित्रा परियारले सीप पाएपछि महिलामा अब केही गरौँ भन्ने उत्साह थपिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवस्थित बन्दै विषादीको प्रयोग
व्यवस्थित बन्दै विषादीको प्रयोग
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
रुपन्देहीलाई २-० ले पराजित गर्दै संकटा खप्तड गोल्डकपको क्वार्टरफाइनलमा
रुपन्देहीलाई २-० ले पराजित गर्दै संकटा खप्तड गोल्डकपको क्वार्टरफाइनलमा
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउने : राष्ट्रपति
पोखरा नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै
पोखरा नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै
खुश्बु खड्काको चरित्र हत्या गर्न खोज्ने निर्देशक थापा प्रहरी फन्दामा,
खुश्बु खड्काको चरित्र हत्या गर्न खोज्ने निर्देशक थापा प्रहरी फन्दामा,
राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव
राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै
Rupert Everett: He lost on big roles because he is ‘Gay’
Rupert Everett: He lost on big roles because he is ‘Gay’