प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज ५० लाख हस्तान्तरण गरेको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक हस्तान्तरण गरेका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज ५० लाख हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक हस्तान्तरण गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए। उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे।

एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा पचास लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो।

सो अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
सुशील कोइराला क्यान्सर अस्पताल शुरु हुँदै
सुशील कोइराला क्यान्सर अस्पताल शुरु हुँदै
दीपक मनाङेले कुटे कर्मचारी
दीपक मनाङेले कुटे कर्मचारी
नेपाल हिन्दु राज्य हुने नहुने बारेमा जनमतसंग्रह नै हुनुपर्छ : कांग्रेस महामन्त्री
नेपाल हिन्दु राज्य हुने नहुने बारेमा जनमतसंग्रह नै हुनुपर्छ : कांग्रेस महामन्त्री
प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार हुँदै
प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार हुँदै
मोरङ ३ ढकाल र शर्मा कडा टक्कर
मोरङ ३ ढकाल र शर्मा कडा टक्कर
एकीकृत समाजवादीमा महाधिवेशनको ५ महिनापछि जिम्मेवारी बाँडफाँड हुँदै
एकीकृत समाजवादीमा महाधिवेशनको ५ महिनापछि जिम्मेवारी बाँडफाँड हुँदै
नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको पत्र संसद्‌मा पेस
नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको पत्र संसद्‌मा पेस
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
विद्यार्थीलाई चरा चिनाउने अभियान
विद्यार्थीलाई चरा चिनाउने अभियान

तपाईंले छुटाउनुभयो कि?