आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २३, २०७७
|
|
२५ पटक हेरिएको
Shares
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

सारांश

  • नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि छ ।
  • पेट्रोल र डिजल÷मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।
  • अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल÷मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ ।

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि छ ।

पेट्रोल र डिजल÷मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल÷मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले जनाएको छ ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ । ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

१५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र ग्याँसमा मात्रै पाक्षिक रुपमा ६०.१३ करोड घाटा रहेको निगमले बताएको छ । सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ ।–रेडियोएनआरएन÷

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?