कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ताेडफाेड गर्नेलाइ कारबाहि गरीने
सारांश
- काठमाडाै, ३ साउन ।
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लाइ ताेडफाेड गर्नेलाइ कारबाहि गरीने भएकाे छ ।
- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आन्दोलनका नाममा तोडफोड गर्नेलाई कारवाही गरिने बताएका हुन।
काठमाडाै, ३ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लाइ ताेडफाेड गर्नेलाइ कारबाहि गरीने भएकाे छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आन्दोलनका नाममा तोडफोड गर्नेलाई कारवाही गरिने बताएका हुन।
जुम्लाबाट डा गोविन्द केसीसँगै सुर्खेत आइपुगेका मुख्यमन्त्री शाहीले केही उच्छृंखल तत्वले अस्पतालमा ढुंगा मुढा गरी क्षति पुर्याएको बताए । ‘हामी समन्वय गर्न भनेर अस्पतालमा गएका थियौं । तर गेटबाट हामीलाई भित्र जानै दिइएन’ मुख्यमन्त्री शाहीले भने, ‘डा। केसीले उपचार गर्न काठमाडौं जान्छु भन्दा पनि जर्बजस्ति केही तत्वले अस्पताललाई निशाना बनाए ।’ उनले अस्पतालमा सिसीटिवी क्यामेरा रहेको र त्यहि क्यामरामा भएको रेकर्डका आधारमा तोडफोडमा संलग्न सबैलाई कारवाही गर्ने बताए ।
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले डा केसीको ज्यान बचाउन सहजिकरण गरेको बताए । ‘हाम्रो उदेश्य त्यहाँ आन्दोलन चर्काउने नभई डा केसीलाई उपचार गर्न सहज होस र उनको ज्यान जोखिममा नपरोस भन्नका लागि सहजीकरण मात्रै गरेका हौं’ उनले भने, ‘अब संघीय सरकारले जे गरोस गरोस ।’ मुख्यमन्त्री शाहीले जुम्लामा आइसीयु समेत नभएकाले उनको उपचारका लागि काठमाडाै पठाउनुपर्ने बाध्यता रहेको बताए।
जुम्लामा २० दिन देखि अनशनरत केसीलाइ काठमाडाै ल्याउन जुम्ला पुगेका प्रदेश प्रतिनिधि र संघिय प्रतिनिधिहरूलाइ प्रतिष्ठानभित्र जान दिइएकाे थिएन । त्यसैका कारण प्रहरीले स्थानिय, चिकित्सक, नर्स तथा प्रतिष्ठान का कर्मचारीमाथी लाठि चार्ज समेत गरेकाे थियाे ।
प्रतिक्रिया