सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर

सारांश

  • काठमाडाैं – कम्पनी दर्ता कार्यालयमा दर्ता भएका देशभरका करिब ८० प्रतिशत अस्पताल तथा रिसर्च सेन्टर अस्तित्वमै नरहेको पाइएको छ।
  • अस्तित्वमा रहेका मध्ये पनि ८० प्रतिशत अस्पताल तथा रिसर्च सेन्टरले स्वास्थ्यसँग सम्बन्धित विषयमा कुनै अनुसन्धान गरेका छैनन्।
  • अस्तित्वमा रहेका आठ प्रतिशतमात्र यस्ता संस्थाले सरकारलाई अनुसन्धान रिपोर्ट बुझाउने गरेका छन्।

काठमाडाैं – कम्पनी दर्ता कार्यालयमा दर्ता भएका देशभरका करिब ८० प्रतिशत अस्पताल तथा रिसर्च सेन्टर अस्तित्वमै नरहेको पाइएको छ। अस्तित्वमा रहेका मध्ये पनि ८० प्रतिशत अस्पताल तथा रिसर्च सेन्टरले स्वास्थ्यसँग सम्बन्धित विषयमा कुनै अनुसन्धान गरेका छैनन्। अस्तित्वमा रहेका आठ प्रतिशतमात्र यस्ता संस्थाले सरकारलाई अनुसन्धान रिपोर्ट बुझाउने गरेका छन्।

नेपाल स्वास्थ्य अध्ययन परिषद् (एनएचआरसी) को प्रारम्भिक प्रतिवेदनअनुसार ३ सय ७० अस्पताल र रिसर्च सेन्टर कम्पनी दर्ता कार्यालयमा दर्ता भएका छन् । तीमध्ये ६० प्रतिशत काठमाडौ उपत्यकामा सञ्चालन हुनेगरी दर्ता छन्। हाल देशभर गरी सञ्चालनमा रहेका अस्पताल तथा रिसर्च सेन्टर पुगनपुग ८० मात्रै छन्। सञ्चालनमा रहेका मध्ये ८० प्रतिशत अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं उपत्यकामा छन्।

अधिकांश निजी अस्पतालले आफ्नो नामपछाडि रिसर्च सेन्टर जोडेको पाइन्छ । यसको लक्ष्य अस्पताललाई ठूला र विश्वसनीय देखाएर बिरामी आकर्षण गर्नु रहेको छ। २०४६ को जनआन्दोलनपछि नेपालमा निजी अस्पताल र पोलिक्लिनिक च्याउजस्तै स्थापना भएका छन्।

आजको नागरिक दैनिकमा खबर छ ।

 

(https://flathatnews.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?