आयोजनाकै जिल्लामा लोडसेडिङ :विद्युत् आयोजनाको जिल्ला भनेर लमजुङलाई चिनिन्छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
आयोजनाकै जिल्लामा लोडसेडिङ :विद्युत् आयोजनाको जिल्ला भनेर लमजुङलाई चिनिन्छ

सारांश

  • श्रावण ३, २०७४- जिल्लामा ‘अघोषित लोडसेडिङ’ का कारण उपभोक्ताले हैरानी खेप्नुपरेको छ ।
  • विद्युत् आयोजनाको जिल्ला भनेर लमजुङलाई चिनिन्छ ।
  • उत्पादन बढ्दा उपभोक्ताले सहजै विद्युत् उपभोग गर्न पाउनुपर्नेमा पटक–पटक बत्ती गइरहने समस्या छ ।

श्रावण ३, २०७४- जिल्लामा ‘अघोषित लोडसेडिङ’ का कारण उपभोक्ताले हैरानी खेप्नुपरेको छ । विद्युत् आयोजनाको जिल्ला भनेर लमजुङलाई चिनिन्छ ।
उत्पादन बढ्दा उपभोक्ताले सहजै विद्युत् उपभोग गर्न पाउनुपर्नेमा पटक–पटक बत्ती गइरहने समस्या छ । यसबाट हैरान भएको उपभोक्ताको गुनासो छ । वर्षासँगै पानीको बहाव बढेपछि जिल्लाका सबै विद्युतगृहबाट पूर्ण क्षमतामा उत्पादन भइरहेको विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।

उपभोक्ताका अनुसार जिल्लामा बिजुली काटिने समस्या यतिबेला हिउँदको भन्दा बढी छ । ‘अघोषित लोडसेडिङले व्यवसायमा पनि निकै समस्या पारेको छ । कतिपयको व्यवसाय नै धरापमा परेको छ,’ उद्योग वाणिज्य संघ अध्यक्ष राजेश थापाले भने । उनका अनुसार बिजुली छिनछिनमा आउने र जाने गर्दा मेसिनरी सामग्री बिग्रने गरेका छन् । स्थानीय बलराम खत्रीका अनुसार कहिलेकाहीं दिनमै १०/१२ पटक बिजुली आउने र जाने गर्छ ।
समस्या समाधान गर्न उद्योग वाणिज्य संघ बेंसीसहर एकाइ नेतृत्वमा प्राधिकरणलाई ज्ञापनपत्र दिइएको अध्यक्ष प्रदीप बस्नेतले बताए । ‘बिनातालिका विद्युत् आउने–जाने समस्या दिन प्रतिदिन बढ्दो छ,’ उनले भने । प्राधिकरणको लमजुङ वितरण केन्द्रले लोकल (११ केभीए) प्रसारणमा समस्या भएकाले विद्युत् उपभोक्ता संस्थामा गएर दबाब दिनुपर्ने बताएको छ । लमजुङ विद्युत् उपभोक्ता संस्थाका प्राविधिक प्रमुख हरिश्चन्द्र आचार्यले विद्युत् उत्पादन बढी भएकाले समस्या भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?