नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा

सारांश

  • काठमाडौं ६ पुस, ।
  • मलेसियामा कामदारहरुले अब लेबी तिर्नुनपर्ने भएको छ ।
  • अब सन् २०१८ देखि रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्नेछन् ।

काठमाडौं ६ पुस, । मलेसियामा कामदारहरुले अब लेबी तिर्नुनपर्ने भएको छ । अब सन् २०१८ देखि रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्नेछन् ।

मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको थियो । सो निर्णय १ जनवरी २०१८ देखि लागू हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जानकारी दिएको छ ।

मलेसियाको यो निर्णयबाट नेपाली कामदारहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् । मलेसिया नेपालीहरुको वैदेशिक रोजगारीको एउटा प्रमुख गन्तव्य हो ।

विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिइसकिएको छ । नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।

विदेशी कामदारको लेवि मलेसियाका बिभिन्न क्षेत्रहरुमा फरकफरक छ । मेलेसियन रिंगेट ५९० देखि १ हजार १० सम्म लेवि तिर्नुपर्दछ ।

अब नयाँ नियम ‘इम्प्लोयर म्यान्डेटोरी कमिटी (ईएमसी)मातहत आएको हो, जसको उद्देश्य रोजगारदातालाई विदेशी कामदारप्रति जिम्मेवार बनाउनु रहेको छ । विदेशी कामदारको रेखदेख तथा अवस्था मूल्यांकन गर्न जिम्मेवारी र अवलोकन सम्वन्धी मापदण्ड ल्याउने तयारी पनि मलेसिया सरकारले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जिसस पुत्री’ मुनलाई प्रधानमन्त्री ओलीले लेखेकाे पत्रमा के छ?
‘जिसस पुत्री’ मुनलाई प्रधानमन्त्री ओलीले लेखेकाे पत्रमा के छ?
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
कसैको ईसारामा मलाई फसायो, मलाई गोरे संग नराख्नुस: एसएसपी श्याम खत्री
कमल थापाको राप्रपा अझै हिन्दूराष्ट्र पुनस्र्थापनाको प्रयासमा
कमल थापाको राप्रपा अझै हिन्दूराष्ट्र पुनस्र्थापनाको प्रयासमा
केपी ओलीको गृहनगरमा २० वर्ष पहिलेकै उम्मेदवार !
केपी ओलीको गृहनगरमा २० वर्ष पहिलेकै उम्मेदवार !
आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण
आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण
सिमावर्ती भारतिय बजारका क्लिनीकका कारण नेपालीको ज्यान जोखिममा
सिमावर्ती भारतिय बजारका क्लिनीकका कारण नेपालीको ज्यान जोखिममा
अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत
अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत
पर्सामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
पर्सामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
अब हरेक नेपालीमा स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने -गगन थापा, पूर्व स्वास्थ्यमन्त्री
अब हरेक नेपालीमा स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने -गगन थापा, पूर्व स्वास्थ्यमन्त्री