सरकारले यी सचिवलाई कारबाही गर्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सरकारले यी सचिवलाई कारबाही गर्दै

सारांश

  • काठमाडौं, १७ मंसिर ।
  •   सरकारले तीन सचिवलाई कारबाहीको तयारी गरेको छ ।
  • सरकारको स्वीकृती बिना विदेश भ्रमणमा जाने तीन सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो।

काठमाडौं, १७ मंसिर ।  सरकारले तीन सचिवलाई कारबाहीको तयारी गरेको छ । सरकारको स्वीकृती बिना विदेश भ्रमणमा जाने तीन सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो।  प्रधानमन्त्री कार्यालयले खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी, र गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेललाई स्पष्टीकरण सोधेको हो । सरकारका अन्य १८ वटा मन्त्रालयका १८ सचिवले गरेको विदेश भ्रमणबारे पनि प्रधानमन्त्री कार्यालयले अध्ययन थालेको छ ।
प्रधानमन्त्री कार्यालयले अन्य २१ वटा मन्त्रालयका सचिवलाई पत्र पठाउँदै सबै सचिवको विदेश भ्रमणको औचित्यसमेत माग गरेको छ ।दृष्टि साप्ताहिकका अनुसार विभिन्न मन्त्रालयका सचिवले विदेश भ्रमण जाने क्रमलाई तीव्रता दिन थालेपछि प्रधानमन्त्री कार्यालयले सबै सचिवको विदेश भ्रमणको औचित्यमाथि छानबिन थालेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुुर कुँवरले सचिवहरूको भ्रमणको अभिलेख राख्न भ्रमणको विवरण माग गरिएको जानकारी दिए । प्रधानमन्त्री कार्यालयका अनुसार खानेपानी सचिव ठाकुर घरबिदाको बहाना बनाएर सरकारलाई थाहै नदिई पटक–पटक विदेश गएका थिए । ठाकुर गैरसरकारी संस्थाको सहयोगमा विदेश गएको स्रोतको दाबी छ । सरकारलाई थाहै नदिई भौतिक सचिव अधिकारी पनि पटक–पटक विदेश गएका थिए । गण्डकी प्रदेशका प्रमुख सचिव पौडेल पनि लुकीछिपी पटक–पटक विभिन्न देश गएका थिए ।

कानुनतः सचिवहरू विदेश जानुअघि सरकारको स्वीकृति लिएर जानुपर्छ । सरकारको स्वीकृति लिएर विदेश जाँदा नपाइने भएपछि उनीहरूले विभिन्न बहाना बनाएर सरकारलाई थाहै नदिई विदेश जाने क्रमलाई तीव्र पार्दै आएका छन् । सरकारले कर्मचारीको विदेश भ्रमणमा नियन्त्रण गर्दै आएको छ ।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?